सूचनाको शक्ति - The Power Of Information

        

नेयमारको २ गोलसँगै पीएसजीको अर्को शानदार जित

नेयमारको दुई गोलको मदतमा पेरिस सेन्ट जर्मेइन (पीएसजी)ले लिग वानमा लगातार दोस्रो जित हात पारेको छ ।

शनिबार राति भएको खेलमा पीएसजीले मोन्टपेलियरलाई ५-२ को फराकिलो अन्तरले हराएको हो । घरेलु मैदानमा भएको खेलमा पीएसजीका केलियन एम्बोप्पेले पेनाल्टी मिस गरेका थिए । तर फलाये साकोको आत्मघाती गोलबाट अग्रता लियो ।

पहिलो हाफको अन्त्यतिर नेयमारले पेनाल्टी गोल गरेपछि पीएसजीको अग्रता दोब्बर भयो । दोस्रो हाफको सुरुमै उनले नै घरेलु टोलीका लागि अर्को गोल गरे ।

भ्रमणकारी टोलीका खाजरीले ५८औं मिनेटमा गाले गरेका थिए । तर पीएसजीका एम्बाप्पेले ६९औं र सान्चेजले ८७औं मिनेटमा गोग गर्दै टोलीको अग्रता ५-१ मा पुर्‍याए ।

इन्जुरी टाइममा एमबिआईले गरेको गोल मोन्टपेलिरका लागि सान्तत्व गोल बन्न पुग्यो ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतवार ०८:१७