सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

बाँकेमा कोरोना कहर, २१ संक्रमित थपिए, ६ जना डिस्चार्ज

जिल्लामा सक्रिय संक्रमितको संख्या ८३

बाँकेमा बिहीवार थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पतालमा २३ जनाको नमुना जाँच गर्दा १६ जना, मेडिकल कलेज कोहलपुरमा ४ जना र राप्तीसोनारीमा एकजना गरी थप २१ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए ।

संक्रमण पुष्टि भएकामध्ये ५ जना जिल्ला बाहिरका छन् । बिहीवार संक्रमण पुष्टि भएकासहित बाँकेमा कूल कोरोना संक्रमितको संख्या २१ हजार २५९ पुगेको छ । यस्तै बिहीवार ६ जना डिस्चार्ज भएका छन् ।

योसँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या २० हजार ८२३ पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या ८३ रहेको फोकलपर्सन वलीले बताए ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार १८:०३