सूचनाको शक्ति - The Power Of Information

        

नयाँ खातामा निःशुल्क इबैंकिङ प्याकेज

काठमाडौं । भिजा कार्ड प्रयोगकर्ताका लागि लक्ष्मी बैंक लि।ले क्यास क्याक अफर ल्याएको छ । लक्ष्मी बैंकबाट भिजा कार्ड बनाएका सबै ग्राहकहरुले नेपाल तथा भारतमा कार्ड मार्फत अनलाइनरपीओएसबाट जुनसुकै किसिमको खरिदमा १० प्रतिशत वा १००० रुपैयाँसम्म रकम पुनः फिर्ता हुने क्यास क्याकको व्यवस्था गरिएको छ ।
यो व्यवस्था आइतबारदेखि कम्तिमा ३ पटकसम्म कार्ड प्रयोग गर्ने ग्राहकहरुले यो सुबिधा प्राप्त गर्न सक्नेछन् ।

यसका साथै बैकले यस अवधिभर खोलिने नयाँ खाताहरुमा इबैंकिङ प्याकेज अन्तर्गत एक हजार रुपैयाँसम्मको बैकिङ्ग सेवाहरु जस्तैः भिजा डेबिट कार्ड, मोबाइल मनि र इन्टरनेट बैकिङ्ग सेवा निःशुल्क उपलब्ध गराएको छ ।

उक्त सुबिधाले ग्राहकलाई सहुलियत दिनुका साथै नगद रहित डिजिटल पेमेन्टलाई समेत प्रवर्धन गर्नेछ भन्नेमा बैकले विश्वास लिएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७५, सोमबार ०२:०८