सूचनाको शक्ति - The Power Of Information

        

लमही क्रिकेट मैदानको खेलकुद मन्त्री गहतराजले गरे निरीक्षण

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले दाङको लमहीमा रहेको क्रिकेट मैदानको निरीक्षण गरेका छन् । गृहजिल्ला पुगेका मन्त्री अथकले सोमबार निर्माणाधिन अवस्थामा रहेको क्रिकेट रंगशालाको अवलोकन गरेका हुन् ।

अवलोकनका क्रममा मन्त्री अथकले रंगशालाको बाँकी काम छिट्टै पुरा गर्न आवश्यक बजेट निनियोजन गरिने बताए । लमही क्रिकेट रंगशालालाई पश्चिम नेपालको महत्वपूर्ण खेल मैदानका रुपमा विकास गर्न सकिने बताउँदै मन्त्री अथकले पूर्वाधारका बाँकी कामका बारेमा समेत जानकारी लिएका थिए ।

आफुले उक्त मैदानलाई उच्च प्राथमिकतामा राखेर हेरीरहेकाले मन्त्रालयले आवश्यक बजेट विनियोजन गर्नेमा ढुक्क हुन मन्त्री अथकले आश्वासन दिए ।

आठौं राष्ट्रिय प्रतियोगिता अन्तर्गत उक्त मैदानमा महिला क्रिकेट प्रतियोगिता सञ्चालन गरीएको थियो । आठौं राष्ट्रिय प्रतियोगिताको दौरान रंगशालामा केही भौतिक पूर्वाधारहरु निर्माण गरीएपनि प्याराफिट लगाएतका संरचना निर्माणको काम अझै बाँकी रहेको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलवार १९:००