सूचनाको शक्ति - The Power Of Information

        

देशका केही भागमा मध्यमदेखि भारी वर्षाकाे सम्भावना

 हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ ।

आज (मंगलबार) देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । त्यस्तै, सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती प्रदेश र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मंगलबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, देशका पहाडी भू-भाग र बाँकी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

मंगलबार राति भने देशभर आंशिकदेखि सामान्य बदली हुने भएको छ । त्यस्तै, देशका पहाडी भू-भाग र बाँकी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ ।

त्यस्तै, गण्डकी प्रदेश, कर्णाली, सुदूरपश्चिम प्रदेश र बाँकी प्रदेशका स्थानमा भारी वर्षाको समेत सम्भावना भएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलवार ०८:४५