सत्तारुढ गठबन्धनमा रहेका दलहरुले चुनावी तालमेलको खाका बनाउन गठन गरेको कार्यदलको संयोजकमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला चयन भएका छन् ।
सोमबार बसेको कार्यदलको बैठकले कांग्रेसका पूर्वमहामन्त्री सिटौलालाई संयोजक चयन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
कार्यदलले सिट बाँडफाँटको खाका बनाएर सत्ता गठबन्धनको शीर्ष नेताहरुलाई बुझाउने उनले बताए ।
गठबन्धनको अर्को बैठक साउन २६ गते दिउँसो ४ बजे बस्नेछ ।
सत्यपाटी । काठमाडौँ ।