सूचनाको शक्ति - The Power Of Information

        

भाेलि नरैनापुर र जानकी गाउँपालिकामा सार्वजनिक बिदा

नेपालका हिन्दु मुस्लिमले मनाउने सद्भावको पर्व मोहर्रमको अवसरमा मंगलबार नरैनापुर गाउँपालिका र जानकी गाउँपालिकाले सार्वजनिक विदा दिएको छ ।

गाउँपालिकामा हिन्दु मुस्लिम समुदायको बाहुल्यता रहेको र सबै समुदायले यस दिनलाई सद्भाव पर्वको रुपमा मनाउने भएकाले सार्वजनिक बिदा दिइएको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले जानकारी दिए ।

मुस्लिम समुदायले मात्र नभइ गाउँपालिक क्षेत्रमा बसोवास गर्ने अन्य समुदायले पनि मोहर्रम पर्वमा आपसी भाईचाराको सम्बन्ध स्थापित गराउन मनाउने गरेकाले विदा दिइएको उनले बताए ।

स्थानीय सरकारले सार्वजनिक विदा दिन पाउने प्रावधान भएअनुसार नरैनापुर गाउँपालिकाले मोहर्रमको विदा दिइएको हो ।

यसैगरी जानकी गाउँपालिकाको सोमबार बसेको कार्यपालिकाको बैठकले पनि मोहर्रम पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष छब्बन खाँ पाठनले जानकारी दिए ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार १८:५०