सूचनाको शक्ति - The Power Of Information

        

सानिमा लाइफ इन्स्योरेन्सको नयाँ शाखा विस्तार

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले देशभरी शाखा सञ्जाल विस्तार गर्ने कार्य अगाडी बढाएको छ ।
नेपालीहरुलाई जीवन बीमाको दायरामा ल्याई बीमा सेवा प्रदान गर्ने उद्देश्यले डढेलधुरा जिल्लाको अमरगढी नगर पालिकामा शाखा कार्यालय खोलेको जनाएको छ ।
कम्पनीको प्रबन्धक गणेश चौलागाई र वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठको उपस्थितिमा उक्त शाखाको विधिवत उद्घाटन गरेको जानकारी दिएको छ ।
हाल कम्पनीको अधिकृत पूँजी रु ३ अर्ब, जारी पूँजी २ अर्ब, चुक्ता पूँजी १ अर्ब ४० करोड, जारी पूँजीको ३० प्रतिशत अर्थात रु ६० करोड रहेको कमपनीको भनाइ छ । निकट भविष्यमा सर्वसाधारण शेयर बिक्री गरी चुक्ता पुँजी २ अर्ब कायम गर्ने जनाएको छ ।

प्रकाशित मिति : १ बैशाख २०७५, शनिबार ०७:२७