सूचनाको शक्ति - The Power Of Information

        

राप्ती सोनारी ६ का लक्षित समुदायलाई परम्परागत बाजा वितरण

राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ कार्यालयले लक्षित समुदायलाई परम्परागत बाजा वितरण गरेको छ ।

वडा कार्यालयको बजेटमार्फत लक्षित समुदायलाई ३ वटा दमाहा, ट्याम्के, मादल, सनई र झ्याली उपलब्ध गराइएको वडाअध्यक्ष लवराज खरेलले जानकारी दिए ।

उक्त सामाग्री खरिद गर्न वडा कार्यालयले उनीहरुलाई ७५ हजार रुपैयाँ उपलब्ध गराएको थियो । सोही रकमबाट सामाग्री खरिद गरेर ल्याइएको वडाअध्यक्ष खरेलले बताए ।

परम्परागत सामाग्री पाउँदा उनीहरु निकै हर्षित भएको उनले बताए ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतवार १९:४२