सूचनाको शक्ति - The Power Of Information

        

लघु जलविद्युत् आत्मनिर्भर बन्नुपर्ने विकास र समृद्धिका लागि 

प्रस्तावित पञ्चेश्वर बाँध निर्माणस्थल

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले लघु जलविद्युत्मा आत्मनिर्भर बन्न शैक्षिक तथा अनुसन्धानात्मक पक्षमा जोड दिइने बताए ।

लघु जलविद्युत् विकास संस्थाको २५औँ वार्षिक साधारणसभामा उहाँले आगामी आर्थिक वर्षको बजेटमा नीतिगत सुधार गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । अहिलेपनि २४ प्रतिशत जनताले विद्युत्को पहुँच बाहिर छन् भने पहुँचमा भएकाको पनि आफ्नै समस्या छन्, यसलाई समाधान हुने गरी आगामी कार्यक्रम तय गरिनेछ ।”

लघु जलविद्युत् आयोजनाले जनतालाई विद्युत्को पहँुचमा पु¥याएको उल्लेख गर्दै मन्त्री पुनले नयाँ बजेटमा लघुलजलविद्युत्का साथै सौर्य ऊर्जा, सिँचाइलाई कुनाकाप्चासम्म पु¥याउन प्याकेजमा कार्यक्रम ल्याइने बताए ।

विकास र समृद्धिको उद्देश्य पूरा गर्न आगामी १० वर्षमा दश हजार मेघावाट विद्युत् स्वदेशमै खपत हुने भएकाले उत्पादन, खपत र बिक्रीका पक्षबाट अध्ययन गरी कार्यक्रम तय गरिने । लघुजलविद्युत् उपभोक्ता महासंघका अध्यक्ष नारायणध्वज खड्का लघु जलविद्युत् आयोजना बन्द हुने अवस्थामा रहेकोले त्यसको सुरक्षा गर्नुपर्नेमा जोड दिए ।

नेपाल लघु जलविद्युत् विकास संस्थाका अध्यक्ष कृष्णप्रसाद देवकोटाले निर्वाचनमार्फत सबै तहमा सरकार गठन भइसकेको अवस्थामा नवीकरणीय ऊर्जा प्रर्वद्धनका कार्यक्रम हुने अपेक्षा सरोकारवालाहरुले गरेको बताए ।

कार्यक्रममा लघु जलविद्युत्मा योगदान गर्ने नुवाकोटका नोरराज बुढाथोक (सुर्दशन) र काठमाडौँ विश्वविद्यालयका रजिष्ट्रार प्राडा भोला थापालाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १ बैशाख २०७५, शनिबार ०५:०९