काठमाडौं । चीनका विदेशमन्त्री वाङ वीको निमन्त्रणामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली चीन जाने भएको छ । वैशाख २ गतेदेखि ७ गतेसम्म छिमेकी मुलुक चीनको औपचारिक भ्रमण गर्ने विज्ञप्तीमा बताएको छ । यो भ्रमणले दुई देशबीच उच्चस्तस्तरीय भ्रमणको वातावरण बनाउने छ ।
परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा वैशाख ४ गते मन्त्री ज्ञवालीले उहाँका समकक्षी वीसँग दुई पक्षीय वार्ता गर्ने छ । चीनको बेइजिङमा रहँदा मन्त्री ज्ञवालीले चिनियाँ नेताहरुसँग पनि भेटवार्ता गर्ने छ ।
।