सूचनाको शक्ति - The Power Of Information

        

एफपीओ निष्कासन गर्ने सिटिजन्स बैंकले

काठमाडौं । सिटिजन्स बैंकले सर्वसारणका लागि थप निष्कासन (एफपीओ) जारी गर्ने भएको छ । बैंकले प्रिमियम मूल्यमा ४ लाख ६३ हजार ८२६ कित्ता एफपीओ निष्कासन गर्न लागेको हो । बैंकले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । स्वीकृति पाएपछि एफपीओ निष्कासन गर्ने बैंकले जनाएको छ ।
बैंकले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १४५ रुपैयाँ प्रिमियम थप गरी २४५ रुपैयाँमा एफपीओ निष्कासन गर्ने बैंकको डेपुटी सीईओ गणेशराज पोखरेलले जानकारी दिए । एफपीओबाट बैंकले कुल ११ करोड ३६ लाख ३७ हजार रुपैयाँ प्राप्त गर्नेछ । बैंकले प्रिमियम आम्दानी मात्र ६ करोड ७२ लाख रूपैयाँ आम्दानी हुनेछ । संस्थापक र साधारण सेयर अनुपात ५१ः४९ बनाउन एफपीओ निष्कासन गर्न लागेको हो । हाल संस्थापक सेयर ५१ प्रतिशत अलि बढी भएपछि यसलाई सीमामा झार्न एफपीओ निष्कासन गर्न लागेको पोखरेलले जानकारी दिए । एफपीओलाई इक्रा नेपालले ३ रेटिङ गरेको छ । बैंकको चुक्तापुँजी बढेर ८ अर्ब २ करोड रुपैयाँ नाघेको छ । एफपीओ निष्कासन प्रस्ताव यसअघिको वार्षिक साधारणसभाले अनुमोदन गरेको थियो ।

प्रकाशित मिति : ३० चैत्र २०७४, शुक्रबार १४:३७