सूचनाको शक्ति - The Power Of Information

        

विजय उत्सव दिवस मनाइने

बुटवल ।  नेपालले अंग्रेजलाई हराएको बुटवलमा रहेको ऐतिहासिक जितगढी किल्लामा विजय उत्सव दिवस मनाइने भएको छ । यो किल्लाको संरक्षण र सम्बद्र्धनमा टेवा पु¥याउने उद्देश्यले बुटवल उपमहानगरपालिकाको संयोजनमा यो दिवस मनाउन लागिएको हो । नेपालले अंग्रेजलाई हराएको दिनको अवसरमै यो दिवस मनाइन लागेको उपमहानगरपालिकाले जनाएको छ ।
यो किल्लालाई प्रमुख सम्पदाका रुपमा विकास गर्न यहाँका सरोकारवालाहरुले साझा संकल्प पनि गरेका छन् । बुटवल उपमहानगरपालिकाले शुक्रबार आयोजना गरेको सर्वपक्षीय भेलामा सहभागीहरुले जितगढीको विकासका लागि उपमहानगरपालिकासंग सहकार्य गर्ने सामूहिक संकल्प गरेका थिए । जितगढीमा विजय उत्सव दिवस मनाउने सन्दर्भमा छलफल गर्न उपमहानगरले भेला राखेको थियो । भेलामा सहभागी यहाँका राजनीतिक दल, सामाजिक संघ संस्था, नागरिक अगुवा, नेपाली सेना, नेपाल प्रहरीलगायते यस्तो संकल्प गरेका हुन् । बुटवल उपमहानगरपालिका–१ मा रहेको यो गढी तत्कालिन अंग्रेज सरकारका आधुनिक सेनालाई नेपालले परास्त गरेको ऐतिहासिक किल्ला हो । जितगढीमा अंग्रेजलाई हराएको नेपाल अरु किल्लाहरुमा भने आफै हारेको थियो । जितगढीमा भएको वि.सं. १८७२ बैशाख ७ गतेको लडाइँमा नेपालसंग हारेपछि अंग्रेज सेना नेपालबाटै फर्किएको बताइन्छ । सोही दिन (बैशाख ७ गते) लाई विजय उत्सव दिवसका रुपमा बुटवल उप–महानगरपालिकाले मनाउन लागेको प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो । बैशाख ७ गतेको मूल समारोहसहित तीन दिनसम्म विभिन्न कार्यक्रमहरु गरिने जानकारी गराउँदै प्रमुख सुवेदीले ऐतिहासिक सम्पदाको संरक्षण र सम्बद्र्धनका काममा सहकार्य गर्न यहाँका सामाजिक संघ संस्थाहरुलाई आग्रह गर्नुभयो । दिवस मनाउन मूल समिति, समितिहरु र विभिन्न उप–समितिहरुसमेत गठन गरिएको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत राजन बिसीले जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाली सेनाको मध्यपश्चिम पृतनाका महासेनानी सन्तोषराज पाण्डे, जबरजंग गणका प्रमुख सेनानी अच्युतबहादुर शाह, नं. २२ बाहिनीका सेनानी गोविन्दप्रसाद न्यौपाने, इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक बसन्त पाण्डे, बटौली संरक्षण समितिका अध्यक्ष रबिन्द्रगोपाल लाकौललगायतले जितगढी सम्पदाको संरक्षण र संम्बद्र्धन गर्ने काममा आफुहरुले सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
भेलामा नेकपा एमालेका उपमहानगर कमिटी संयोजक ऋषिराम पाण्डे, नेपाली कांग्रेसका उपमहानगर समितिका उपसभापति बिमलराज भट्टराई, माओवादी केन्द्रका टिका ओली, संघीय समाजवादी फोरमका नेता ओमप्रकाश कसौधन तथा राष्ट्रिय जनमोर्चाका तुलसीराम शर्मालगायतका नेताहरुले सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो । त्यसैगरी रुपन्देही व्यापार संघका अध्यक्ष पदम श्रेष्ठ, उद्योग संघका अध्यक्ष गणेशप्रसाद अधिकारी, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका उपाध्यक्ष रोमाकान्त पाण्डे, उद्योग बाणिज्य संघका दिनेश श्रेष्ठ, पश्चिम नेपाल बस व्यवसायी संघका उपाध्यक्ष नारायणप्रसाद घिमिरे, बुटवल अटो एशोसिएशनका अध्यक्ष सन्तोष पाण्डे, उद्योग व्यापार संगठनका गोविन्द गैरे, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का कुलराज शर्मा, एनप्याब्सनका पुरुषोत्तम बस्याल तथा भिजन लुम्बिनीका मनोज भट्टराई र पत्रकार शरण कर्माचार्यलगायतले सामूहिक संकल्प गरेका थिए ।
संरक्षणमा उपमहानगरको ५० लाख बजेट
चुरे पर्वतको काखमा र तिनाउ खोलाको पश्चिम किनारमा अवस्थित यो गढी १६ औं शताब्दीतिर सेनकालमा निर्माण भएको मानिएको छ । यो खण्डहर बनेको किल्लाको संरक्षणको प्रभावकारी पहल विसं २०५४ सालमा भएको थियो । त्यतिबेला नगर प्रमुख भोजप्रसाद श्रेष्ठ, जिल्ला विकास समितिका सदस्य शिवराज सुवेदी (हालका नगर प्रमुख) हरुले गढीको संरक्षणको प्रभावकारी पहल सुरु गर्नुभएको थियो । त्यतिबेला सदस्य सुवेदीले पाएको दुई लाख रुपैयाँ बराबरको विकास बजेटलाई गढीको संरक्षणमा लगाइएको थियो । अहिले सुवेदी बुटवलको प्रमुखमा निर्वाचित भएपछि यस्लाई संरक्षण गर्ने भन्दै ५० लाख रुपैयाँ बिनियोजन गरिएको छ । उपमहानगरले यहाँ उजिरसिंहको पूर्णकदको शालिक र अहिलेसम्मकै ठूलो राष्ट्रिय झण्डा फहाराउने योजना तय गरेको छ । भित्री पूर्वाधार निर्माण, झण्डा र शालिक निर्माणका अतिरिक्त त्यस क्षेत्रका भवनहरुको रङ्ग एउटै बनाउने गरी उपमहानगरले योजना बनाएको योजना प्रमुख सुमन श्रेष्ठले जानकारी दिनुभयो । जीतगढीको सम्बन्धमा स्पष्ट उल्लेख वि.सं. १८७१ को नेपाल र कम्पनी सरकारबीच भएको युद्धको समयमा भएको पाइन्छ । वि.सं. २०५२ सालमा पुरातत्व विभागले गढी संरक्षण गर्ने क्रममा गढीको पर्खालको बीच भागको उत्तरतर्फ एउटा त्चष्ब ित्चभबअज लिंदा पुरिएको पर्खालको पेटी भेटिएको थियो ।

प्रकाशित मिति : ३० चैत्र २०७४, शुक्रबार १४:१५