सूचनाको शक्ति - The Power Of Information

        

कोशी नदीको भंगालो उदयपुरको बस्तीमा पस्यो, १००० परिवार प्रभावित हुने

फाइल तस्वीर ।

कोशी नदीको भंगालो बस्तीमा पसेको छ । आज बिहान ४ बजेदेखि एउटा भंगालो बस्तीमा पसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

तीन सातादेखि भंगालोलाई रोक्ने प्रयास गरे पनि आज बिहानदेखि नदीको एउटा भंगालो उदयपुरको बेलका नगरपालिकाको डुम्रेबाट पश्चिम कटान गर्दै सिसौली टप्पु-चिलिया बस्ती पस्न थालेको हो ।

नदी बस्तीमा पसेपछि एक हजार बढी घरपरिवार प्रभावित हुने प्राधिकरणले जनाएको छ । सतर्क रहन सबैलाई अनुरोध गरिएको छ ।

अहिले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय उदयपुर, बेलका नगरपालिकाको टोली उद्धारमा खटिएको छ । उनीहरूले प्रभावित क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा लैजान सहयोग गरेका छन्।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार ०८:५६