सूचनाको शक्ति - The Power Of Information

        

पूर्व सांसद किरण राई सहित सात जना पक्राउ

उदयपुर। प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको समयमा जिल्लामा भएका बम विष्फोटका घटनामा संलग्न भएको आरोपमा पूर्व सांसदसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले पूर्व सांसद किरण राई सहित सात जनालाई धनकुटाबाट पक्राउ गरी उदयपुर ल्याएको हो।
पूर्व सांसद राई नेत्रविक्रम चन्द (बिप्लब) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य चथा पूर्वी व्युरो इन्चार्ज समेत हुन्। राई ०६४ को निर्वाचनमा सुनसरीबाट नेकपा माओवादीको तर्फबाट विजयी भएका थिए। चैत पहिलो साता पक्राउ परी धनकुटा प्रशासनबाट साधारण तारेखमा छाडिएका राईलगायतलाई प्रशासन परिसरबाटै पक्राउ गरी उदयपुर ल्याइएको नेकपाका उदयपुर कार्यालय सचिव प्रशान्तले बताए। उनले दुई दिन अघि सदरमुकाम स्थित रंगशालामा भएको विष्फोटमा नेकपाको संलग्नता नभए पनि धरपकड गरेर द्वन्द्व निम्त्याउन खोजिएको बताए।
प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीले अघिल्लो दिन धनकुटाबाट पक्राउ परेका ७ जनालाई उदयपुर ल्याईएको पुष्टि गरे। तर, पक्राउ पर्नेहरुको नाम, ठेगाना खुलिनसकेको उनले बताए।

प्रकाशित मिति : ३० चैत्र २०७४, शुक्रबार ११:२६