सूचनाको शक्ति - The Power Of Information

        

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी)ले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो ।

अगष्ट १ तारिखमा पठाएको नयाँ मूल्य सूचीअनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर १६ रुपैयाँ ८० पैसा र डिजेल–मट्टितेलमा समान प्रतिलिटर १२ रुपैयाँ ४५ पैसाले घटाइएको छ ।

मूल्य घटेपछि पेट्रोलमा योभन्दा अघि रहेको घाटा अब भने नहुने देखिएको छ । तर डिजेल मट्टितेल र एलपी ग्यासमा भने घाटा नै रहेको नेपाल आयल निगमले जनाएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार १८:११