सूचनाको शक्ति - The Power Of Information

        

पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु

नवलपुरमा बर्दघाट–सुस्तापूर्वको छुट्टाछुट्टै स्थानमा पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ ।

शनिबार जिल्लाको कावासोती र देवचुलीमा पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शनिबार कावासोती–४ झुलुङ्गे पुलस्थित पोखरीमा देवचुली–१० गणेश टोलकी माया सिंजालीका छ वर्षीय छोरा ऋतिक पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए । पोखरीबाट उद्धार गरिएका बालकको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, कावासोती–१४ हेगौलीमा पोखरीमा डुबेर शनिबार नै दुई वर्षीया बालिकाको मृत्यु भएको छ । हेगौलीका पुरण चौधरीकी छोरी प्रिन्सा चौधरी आफ्नै घर अगाडि आँगनमा खेल्ने क्रममा नजिकै रहेको आफ्नै माछा पोखरीमा डुबेकी थिइन् ।

पोखरीबाट उद्धार गरी उपचारका लागि लगिएकोमा मध्यविन्दु जिल्ला अस्पताल डण्डाले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतवार ०८:०८