अदालतमा हाजिर हुन पर्खिरहेका एक जोडीले अदालतमा नै यौन दुर्व्यवहार गर्न थाले । त्यतिबेला दुवै जना अदालतको प्रतीक्षालयमा थिए । जोडीको यो कर्म सिसिटिभीमा कैद भएको छ ।
यस विषयमा मुद्दा दर्ता भएको थियो र अहिले सोही अदालतले दुवैलाई सजाय सुनाएको छ । यो घटना जुन २८ को हो । क्रोनिकल अखबारका अनुसार अस्ट्रेलियाको टुउम्बा मजिस्ट्रेट अदालतमा १९ वर्षीया शेमेका जुली लिडिङ एक मुद्दामा उपस्थित हुन आएकी थिइन् ।
उनको साथमा उनको पार्टनर जेक जेम्स क्विन पनि आइपुगे । मुद्दाको सुनुवाइ हुनुअघि दुवै जना अदालतको प्रतीक्षालयमा पर्खिरहेका थिए । प्रहरी अभियोजक क्यामरुन फ्रान्सिसले यस अवधिमा जोडीले यौन क्रियाकलाप गर्न थालेको बताए ।
केही समयपछि अचानक एक जना सुरक्षा अधिकारी त्यहाँ पुगे । तर जोडी पनि तुरुन्तै सम्हालिए र दुबै पक्राउ परेनन् । सुरक्षा अधिकारीहरू गएपछि उनीहरूले फेरि सुरु गरे । प्रहरी अभियोजक फ्रान्सिसले भने सुरक्षा अधिकारी नजरबाट टाढा भएलगत्तै जोडीले फेरि अश्लील कार्य गर्न थाले ।
घटनाको दुई दिनपछि ३० जुनमा जोडीलाई नोटिस जारी गरी दुवैलाई प्रहरीसमक्ष उपस्थित हुन भनिएको थियो । सोलिसिटर नाथन बाउचरले भने कि शमेका र जेकले योजना अनुसार अदालतमा केही गरेनन् । यती नराम्रो असर पर्छ भनेर दुबैले सोचेका पनि थिएनन् ।
मुद्दामा सजाय सुनाउने म्याजिस्ट्रेट क्लेयर केलीले यसलाई ‘अपमानजनक व्यवहार’ भनिन् । उनले अदालतमा यस्तो घटना पहिले कहिल्यै नसुनेको बताइन् । यस मुद्दामा शमेका र जेकलाई ६०–६० घण्टा सामुदायिक सेवाको सजाय सुनाइएको छ ।
सत्यपाटी । काठमाडौं ।