सूचनाको शक्ति - The Power Of Information

        

बाँकेका थप चार जनामा कोरोना पुष्टि

बाँकेमा बिहीवार थप चार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पतालमा ६ जनाको पीसीआर परीक्षण गर्दा ३ र जमुनाहा नाकामा एकजनाको एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको हो ।

योसँगै जिल्लामा कूल कोरोना संक्रमितको संख्या २१ हजार १५८ पुगेको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए । जसमध्ये २० हजार ७४६ जना निको भइसकेका छन् ।

बिहीवारसम्म बाँकेमा सक्रिय संक्रमितको संख्या ५८ रहेको फोकलपर्सन वलीले जानकारी दिए । संक्रमित सबै जनाले होमआइसोलेसनामा स्वास्थ्य लाभ गरिरहेका छन् ।

पछिल्लो केही दिनदेखि कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्वास्थ्य मापदण्ड पालना गर्न स्वास्थ्यकर्मीहरुले सबैलाई आग्रह गर्दै आएका छन् ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार १९:२६