काठमाडौँमा नेपालको आधाभन्दा बढी जनसङ्ख्याहरु बसोबास गर्छन् । नागरिकहरु विभिन्न सेवासुविधाको खोजीमा काठमाडौँमा आफ्नो बासस्थान स्थापना गर्न आउँछन् । काठमाडौँ हरेक सुविधामा सम्पन्न रहे पनि यहाँ पानीको समस्या धेरै नै रहेको छ । पानी नागरिकको त्यो आवश्यकता हो, जुन बिना बाँच्ने कल्पना पनि गर्न सकिँदैन । नागरिकलाई जन्मिएदेखि मृत्युसम्म नै पानीको आवश्यकता पर्छ । नागरिक होस् या जीवजन्तुहरु पानीबिना आफ्नो जीवनयापन गर्न सक्दैनन् । नागरिकलाई मात्रै नएर सजिव प्राणीहरुका लागि पानीको अनिवार्य छ । पानी नागरिक र जीवजन्तुहरु पानीबिना बाँच्न सक्दैनन् । तर, पछिल्लो समयमा नेपालमा पानीमाथि नै राजनीति र व्यापार भइरहेको छ ।
केहि समयअघि वा ४० वर्षअघि उपत्यका भित्रका खोलाहरुमा बग्ने पानी राम्रो र स्वच्छ थियो । । त्यो पानी खानेदेखि लिएर हरेक काम गर्नका लागि उचित थियो । त्यसैगरी उपत्यकाबाहिर रहेका खोला, नदीनाला, कुवा, कोसी, ताल, पोखरी आदिमा बग्ने पानी पनि एकदम स्वच्छ र राम्रो थियो । पानीका स्रोतहरुमा फोहोरमैला पनि मिसाएको हुँदैन्थ्यो र पानी स्वास्थ्य योग्य हुने गर्दथ्यो । त्यस बेला नागरिकहरु पानीलाई गंगाजलको नाम दिने गर्थे । काठमाडौँ नै होस् या कुनै जिल्लाको सदरमुकाममा पाँच दशक अघिसम्म जनसङ्ख्या निकै थियो । त्यस समयमा धेरै खेतीयोग्य जमिन, खुला वातावरण, स्वच्छ हावापानी इत्यादि रहेको थियो । साथै जमिनभित्रबाट मूल फुटेर पानी धेरै नै बाहिर निस्कने पनि गर्दथ्यो । ढुङ्गेधारा, कुवा, तालपोखरी, आलहरु पनि धेरै नै रहेकाले त्यस समयमा नागरिकलाई पानीको समस्या थिएन ।
त्यो समयमा नागरिक आफैँ ढुङ्गेधारा, मन्दिर, पार्टीपौवा,चौतारहरु निर्माण गर्ने गर्थे र उनीहरु धर्म हुन्छ भनेर वरपिपलहरु रोेपने पनि गर्थे । नागरिकहरु त्यससमयमा आफूलाई दुःख भए अरुलाई वा आफ्नो भावीपुस्तालाई सुख दिन चाहन्थे । नागरिकहरु त्यस समयमा निकै सहयोगी भावनाका हुने गर्थे । अरुलाई दुख र सुखमा हाँसीहाँसी साथ दिने भावनाका हुने गर्थे । तर अहिले प्रविधिसँगै नागरिकहरुको व्यवहारमा पनि परिवर्तन आइसकेको छ । अहिले नागरिकहरु दुखमा आतिने र सुखमा मातिने खालका छन् । त्यस समय र अहिलेको नागरिकहरुबिच निकै धेरै भिन्नता पाइन्छ । पहिले नागरिकहरु सहयोगी भावनाका थिए भनी अहिलेका नागरिकहरु कसैले पानी माग्दा पनि नदिने व्यवहारका छन् ।
पहिलेका नागरिकको मनमा मानवता थियो, जसले गर्दा उनीहरु सहयोगी भावनाका थिए तर अहिलेका नागरिकमा एक रुपैयाँको पनि मानवता छैन । अहिले कोही नागरिक पाँच दिनदेखि भोकै छ भने पनि उसलाई सकैले केही दिनेवाला छैन । अहिले अरुलाई देखाउनका लागि ठुलाठुला भोजहरु लगाउँछन् र खानेकुराहरु भाडाको भाडा फाल्ने गर्छन्, तर दुखीगरिबलाई केही पनि दिँदैनन् । नागरिकहरुले जमिनभित्रबाट मूल फुटेर पानीबाहिर आउने ठाउँमा सबै घर र बाटो बनाए । ढुङ्गेधारादेखि पार्टीपौवासम्म सबै मासेर घर निर्माण गरे । त्यसैगरी खोला, नदीनाला, तालपोखरी, कोसी आदिमा बग्ने पानीमा पनि ढल तथा फोहोर मिलाएर प्रदूषित बनाए । घर र बाटोका कारण आकाशबाट परेको पानी जमिनमा जान पाएन । आकाशबाट परेको पानी जमिनभित्र जान नपाउँदा जमिन पनि सुख्खा हुँदै गइरहेको छ । इनार, ढुङ्गेधारा आदिमा आउने पानी सुकिसकेको छ ।
यसरी मूलबाटै पानी आउन छोडेपछि पानीको हाकार प्रत्येक दिन बढिरहेको छ । यहीँ मौका छोपेर पानी व्यापारीले विभिन्न नामका कम्पनी स्थापना गरे । यस्ता कम्पनीहरुले जमिनभित्रको पानी बोरिङ्ग गरेर वा खोलाहरुको फोहोर पानी बोतल वा जारमा भरेर महंगो मूल्यमा बेचिरहेका छन् । यस्ता कम्पनीहरुले नागरिकको स्वास्थ्यमा हानी पुर्याउने पानीलाई खानयोग्य छ भनेर बोतल तथा जारहरुमा भरेर बजारमा बेचिरहेका छन् । त्यसैगरी एक वोतल पानीको २५ देखि ३० रुपैँया र एक जार पानीको ५० देखि ८० रुपैयाँसम्म लिइन्छ । त्यहीँ पनि व्यापारीपिच्छे भाउ फरक फरक पाइन्छ । पानी बोक्ने ट्याङ्करले त्यहीँ खोलाको फोहोर वा बोरिङ्ग गरेको पानी भरेर ल्याउँछ । एक ट्याङ्कर पानीको टयांकर अनुसार दुई हजारदेखि पाँच हजारसम्म लिने गरिन्छ । तर, पानी किन्ने धनीलाई यो पानी सस्तो हो या महंगो हो भनेर थाहा छैन ।
सरकारले पानीको मूल्य निर्धारण नगर्दा पानी कम्पनी र ट्यान्कर व्यवसायहरुले आफूखुसी भाउ राखेर महंगोमा पानी बेचेर नागरिकलाई ठगिरहेका छन् । साथै यस्ता व्यवसायहरुले सरकारलाई राजस्व पनि तिर्दैनन् । कुचिएको वा फोहोर जारमा यस्ता व्यापारीहरुले महंगो रेटमा जनतालाई पानी बिक्री गरिरहेका छन् । पानी व्यापारीहरुले आफू कमाउन वा धनी हुन जनताको शरीरमाथि खेलबाड गरिरहेका छन् । यसरी जार तथा बोतलको पानी किनेर खाँदा कतिपय नागरिकलाई झाडापखाला तथा अन्य रोगहरु लाग्ने समस्याहरु देखा परिरहेको छ । सरकारले त्यस्ता पानी व्यवसायहरुलाई अनुगमन गरी कारबाही गर्दैन, बरु पानी व्यवसायीसँग घुस खाएर बस्छ । पानी व्यापारीहरुले राजनीतिक दललाई चन्दा दिएर सदस्य लिएर जनताको स्वास्थ्यमाथि असर पुर्याइरहेका छन् ।
पानीजस्तो महत्तवपूर्ण चिजमा सरकारले केही व्यक्तिहरुलाई व्यवसाय गर्ने दिँदा जनताको स्वास्थ्यमाथि दीर्घकालिन रोग देखापर्ने समस्या आउन थालेको छ । अब सरकारले आफ्नो आँखा खोल्न आवश्यक भइसकेको छ । बजारमा जार र मिनी वाटरको नाममा बेचिने पानीहरुमा सबै फोहोर रहेका छन् । ती पानीहरु धमिलो र खानायोग्य रहेको छैन । मिनी वाटर तथा जारभित्र रहेको पानीमा कति फोहोर छ भनेर बाहिरबाट नै थाहा पाउन सकिन्छ । यसरी यस्तो फोहोर पानी पनि महंगो मूल्यमा किनेर खानुपर्ने नागरिकलाई बाध्यता छ । खुला ठाउँ तथा ढुङ्गेधाराहरु नरहेकाले पानीको स्रोत कतै छैन । जसले गर्दा बाटोमा हिँड्दा तिखा लागेमा पनि पानी खान पाइँदैन । भएका सबै पानीका स्रोतहरुमा नागरिकले नै फोहोर तथा ढल मिसाएका छन् । बाटोमा हिँड्दा तिखा लागेमा पैसा हुनेले त मिनी वाटर किनेर खान्छन्, पैसा नहुनेले पानी पनि खान पाउँदैनन् । पानीका सबै स्रोतहरु मासिएको वा सुकेको कारणले गर्दा चराचुरुङ्गी, गाईवस्तु तथा जनावरहरुले पनि जति नै तिर्खा लागे पनि पानी खान पाउँदैनन् ।
उपत्यकाभित्र ६३४ ओटा ढुङ्गेधाराहरु थिए, ती सबै मासेर घर तथा बाटो निर्माण गरिएको छ भने बाँकी रहेका धाराहरुमा पानी आउँदैन । वडाध्यक्ष र मेयरहरुले पहिलाका ढुङ्गेधारा, पार्टी पौवा, चौतारा, कुँवा, तालपोखरी आदिको खोजी गरी पहिलेकै स्वरुपमा ल्याउने कुनै विचार गर्दैनन् । आफ्ना वडामा कति वटा यस्ता सार्वजनिक सम्पत्तिहरु थिए भनेर खोजी गरेर यिनीहरुको विकास गर्ने हो भनी यिनी वस्तुहरुको विकास हुँदैन्थ्यो होला र । अहिले पानी नभएर नागरिकहरुलाई जीवनयापन गर्न निकै कठिन भइरहेको छ । अकाशबाट परेको पानी जमिनभित्र जान नपाउँदा बाटोदेखि घरसम्म डुबानमा परेको छ । गाउँदेखि सहरसम्म जताततै घर नै घर बनेका छन् । पछिल्लो समय नागरिकहरु घर बनाउने अनि भाडामा लगाउने काममा बढी संलग्न रहेका छन् । त्यसैगरी घरधनीहरु घर भाडामा त लगाउने तर भाडाबस्नेलाई न पानी नै दिने न कुनै सेवासुविधा नै दिने गर्दछन् ।
अहिले काठमाडौँदेखि हरेक क्षेत्रका नागरिकहरु पानी नपाएर पीडित भएका छन् । नागरिकहरु अहिले पानी किनेर खानेदेखि घरायसी काममा प्रयोजन गर्ने गर्दछन् । तर घरधनीहरुले कोठा भाडामा लगाईपछि पानी त दिनुपर्ने हो नि ? घरधनीलाई घरभाडा भन्दा पानी किन्दा नै बढी पैसा तिर्नुपर्ने बाध्यता छ । पानी किन्नुपर्ने अहिले हरेक ठाउँको डेरावालको पहिलो समस्याका रुपमा देखिन्छ । यसरी घरधनीहरु डेरामा बस्नेलाई पानी चाहिँ नदिने तर पैसा भनी चाहिँ महिना महिनामा लिने गर्दछन् । घरधनीहरुले एउटा कोठाको एक महिनाको भाडा पाँच हजारदेखि १२ हजारसम्म लिने गर्दछन् । घरधनीहरु पनि डेरावाललाई लुट्ने गर्छन् र पानी व्यापारीहरु पनि महंगोमा गुणस्तरहीन पानी बिक्री गरेर डेरामा बस्नेलाई लुट्ने गर्दछन् । खानेपानी मन्त्रालय तथा खानेपानी विभाग पानी व्यापारीसँग कमिशन खाएर अहिले पनि मेलम्चीको पानी काठमाडौँ ल्याउँदैन । मेलम्चीको पानी काठमाडौँ आउँदा व्यापारीलाई घाटा हुन्छ भनेर खानेपानी मन्त्रीलाई व्यापारीले अर्बौ रुपैयाँ घुस दिएको सुनिन्छ ।
त्यसैले गर्दा अहिले पनि मेलम्चीको पानी काठमाडौँमा आउन सकेको छैन । यता जनता भने गुणस्तरहीन तथा प्रदूषित पानी पीउन बाध्य छन् । उता व्यापारी कमाउनमा नै व्यस्त छन् । के यिनीहरुले पानी जस्तो संवेदनशील चिजमा पनि राजनीति गर्न मिल्छ ? अबदेखि पैसा हुनेले मात्र पानी खान पाउँछन्, पैसा नहुनेले पानी नै नखाई मर्नुपर्ने दिन आइसकेको छ । पानी अहिले सेवा होइन व्यापारको रुपमा प्रयोग भइरहेको छ । सरकारले पानी त जनतालाई निःशुल्क दिन सक्दैन भनी देशमा कसरी विकास गर्छ । हामी नागरिकहरु पनि राजनीतिक दलहरुको झूठो भाषणा र पानी व्यापारीको ठगीधन्दाको बारे विरोध गर्न सक्दैनौँ । अब नागरिकमा कहिले चेतना आउने हो र कहिलेसम्म सहेर बस्ने हो । अब पनि बोल्ने बेला आएन र ? अझै पनि पानी व्यापारीहरुको यस्तो लुट र ठगको विरोधमा सञ्चारकर्मीहरुले कलम चलाउनुपर्ने दिन आएको छैन ? के सरकारभन्दा ठुला पानी व्यवसायीहरु हुन् ?
रुषा थापा ।