अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु आज नेपाल आउँदैछन् । दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री लु दुई दिने भ्रमणमा नेपाल आउन लागेका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिकी भ्रमण अन्यौलता परेका उनी बेला काठमाडौँ आउन लागेका हुन् ।
उनी एमसीसी पारित हुनुअघि कूटनीतिक गृहकार्यका लागि नेपाल आएका थिए । नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गर्ने निर्णय गरेको एक महिनापछि फेरि उनी नेपाल आउन लागेका हुन् ।
लुले प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री डा नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम छ। उनी यसअघि गत वर्षको मंसिर १ देखि ४ गतेसम्म नेपाल आएका थिए ।
सत्यपाटी । काठमाडौँ ।