सूचनाको शक्ति - The Power Of Information

        

मेरो डायरी

सावधान ! शेयरमा लगानी नगरौं

अब नागरिकसँग पैसा छैन, बैंक तथा वित्तिय संस्थाहरुले कर्जा दिँदैनन्, अनि शेयरको मूल्य फेरि कसरी बढ्छ ?

काठमाडौँ लगायत नेपालभरि नै नेपाली नागरिकहरुले शेयरमा आफनो पुँजी धेरै नै लगानी गरेका छन् । नेपालमा करिब ५२ लाख नागरिकले शेयरमा लगानी गरेका छन् । यसरी शेयरमा आफ्नो पुँजी लगानी गर्ने लगानीकर्ताहरु एक दिन हास्ँछन् र एक दिन रुने गर्छन् । शेयर बढेको दिन उनीहरु खुसी भएर हास्ँछन् भनी घटेको समयमा रुने गर्छन् । कतिपय शेयर लगानीकर्ताहरु शेयरको मूल्य घटेर डिप्रेसनमा पनि गएका छन् । यसरी नागरिकहरु दिनप्रतिदिन डुबिरहँदा पनि सरकारले शेयर बन्द गरेको छैन । नागरिकहरु अहिले यँही शेयरको खरिबिक्रीका कारण सडकछाप अवस्थामा पुगेका छन् ।

त्यसकारण अब सरकारले शेयरमा प्रतिबन्ध लगाउन जरुरी भइसकेको छ । शेयर दलालीहरुले आफू कमाउन र धनी हुनाका लागि एक दिन शेयरको मूल्य बढाउने र एक दिन घटाउने गर्दछन् । यसरी उनीहरु आफू कमाउने र सर्वसाधारणलाई डुबाउने काम गरिरहेका छन् । पुँजी बजार २० जना शेयर दलालीको हातमा निहित रहेको छ । तर सिधासाधी नागरिकहरुले बुझ्दै नबुझी शेयरमा आफ्नो पुँजी लगानी गर्दा आज नागरिकहरु सधैँ पानीमा गएर डुब्नु जस्तो अवस्थामा पुगेका छन् । आफूसँग भएका पैसा सबै शेयर किनेर डुबाए भनी घरजग्गा, शेयर, गाडी आदि बैंक फाइनान्सको नाममा धितो राखेर अहिले उनीहरु भाग्ने अवस्थामा पुगेका छन् । उनीहरु बैंकहरुलाई अब कर्जा तिर्न नसकेर भाग्नु कि मार्नु भन्ने अवस्थामा पुगेका छन् ।

शेयर लगानीकर्ताहरुको घरपरिवारभित्र अहिले दिनहुँ जस्तो झैँझगडा हुने गर्छ । यता शेयर कै कारण कतिपय स्वास्नी र लाग्नेबिच छोडपत्रसमेत भइसकेको छ । यसरी शेयरमा लगानी गर्ने लगानीकर्ताहरु कर्जा तिर्न नसकेर भागिरहेका छन् । यसरी आमाबुबाहरु शेयरमा लगानी गरेर डुबेर भाग्दा बालबच्चाहरुको बिजोग हुने जटिल समस्या आइपरेको छ । आमाबुबाहरु भगेपछि बालबच्चाहरुको पालनपोषण, हेरचाह, पढाइलेखाइ आदिमा ठुलो नकारात्मक प्रभाव पर्ने जस्ता समस्या अहिले देख्नमा आइरहेको छ । अहिले शेयरका कारण नागरिकहरुको जीवनस्तरमा ठुलो नकारात्मक असर परिरहेको छ । यसले गर्दा ठुला नागरिकहरुको त बिजोग भयो भयो साना बालबच्चाहरुको पनि बिजोग हुने अवस्था आइसकेको छ ।

शेयर दलालीहरुले अशिक्षित, सिधासाधी नागरिकहरुलाई शेयरमा लगानी गर्दा धेरै नाफा हुने र छिटो नै पुँजीपति बन्ने जस्ता प्रलोभन देखाइ शेयरमा लगानी गर्न लगाए । आज त्यहँी शेयरका कारण उनीहरु करोडपति नभइ सडकपति पनि हुन नसक्ने अवस्थामा पुगेका छन् । एक कित्ता १०० रुपैयाँमा बेचेका बैंक, फाइनान्स तथा वित्तिय संस्थाहरुले बैंक तथा कम्पनीहरुको शेयर हेरेर दलालीहरुले १००० देखि ४००० रुपैयाँ सम्ममा बेचे । यसरी यतिधेरै पैसा हालेर शेयर किन्ने नागरिकहरु अहिले डुब्बेर पुँजीपति नभई सडकछाप हुनमा पुगेका छन् । त्यति महंगोमा किनेको शेयर अहिले १०० रुपैँयामा बेच्छुभन्दा पनि बिक्री हुने गर्दैन । अहिले शेयर, घरजग्गा, गाडी आदि धितो राखेर कर्जा दिने बैंक तथा वित्तिय संस्थाहरु पनि डुबिसकेका छन् । यी वस्तुहरुको अहिले केहि पनि भाउ छैन, जसले गर्दा यि वस्तुहरु अहिले गुन्द्रकको भाउमा पनि बिक्री हुन गाह्रो भइसकेको छ ।

अहिले बैंक तथा वित्तिय संस्थाहरु घाटामा गयो वा डुब्ने अवस्थामा पुग्यो भनेर बैंक तथा वित्तिय संस्थाहरुले आफैँ बताइरहेका छन् । यसरी यो कुरा नागरिकसमक्ष पुग्दा नागरिकहरुले अहिले वित्तिय संस्थाहरुमा आफ्नो पुँजी बचत गर्न पनि छोडिसकेका छन् । त्यस्तैगरी सहकारीहरुले पनि अहिले ५००० हजार रुपैयाँ फिर्ता दिन सक्दैन र बैंकले एक लाखको चेक साट्दैन भनेर नागरिकहरुको गुनासो सुन्नमा आइसकेको छ । यी वित्तिय संस्थाहरुले अब कर्जा दिएर सेवाशुल्क लिने र कर्जा दिएर बढी नाफा कमाउने दिन गइसकेको छ । किनभने अब नागरिकहरुले यी वित्तिय संस्थाहरु डुब्ने छन् र हामीले हाम्रो पुँजी यी संस्थाहरुमा राखौँ भनी हामी पनि डुब्ने छौँ भनेर यी संस्थाहरुमा विश्वास गर्न छोडिसकेका छन् । यता हिजो शेयर दलाली, घरजग्गा दलाली र गाडी दलालीहरुले सिधासाधी नागरिकहरुलाई फसाए । १०० रुपैँया कित्ताको शेयर ४००० हजार रुपैँयामा बेचे ।

सरकारले ठाउँ अनुसार निर्धारण गरेको एक आना जग्गाको एक लाख रुपैयाँ हो, तर जग्गा दलालीहरुले त्यहीँ जग्गा नागरिकलाई ४० लाखमा घुमाएर बच्ने गरे । सरकारलाई भनीे जगााको नामसरी गर्दा १ लाखको मात्र राजस्व दिने गर्छन् । त्यस्तैगरी सवारीसाधनहरु फलामबाट बनेका हुन्छन् त्यो चाहेँ निजी प्लेटको नै होस् या भाडाका गाडी नै होस् । गाडी बेच्ने अटो स्वरुमहरुले १० रुपैँयामा बिक्री नहुने फलामलाई रङ लगाएर गाडी बनाएर प्रत्येक किलो लाख रुपैँयामा बेच्ने गर्छन् । यस्ता दलालीहरुले गर्दा नै आज देशको अर्थतन्त्र धरायसीमा पुगेको छ । देश अब केहि समयपछि श्रीलंकाभन्दा पनि नाजुक हुनेछ । नेपालमा अबको केहि समयपछि खाघान्नको संकट सुरु हुनेछ । अब नेपाली नागरिकको भोकभोकै मर्ने दिन सुरु हुन लागिसकेको छ । नेपालको सबै खेतीयोेग्य जमिनहरु घर र बाटो बनाएर नै सक्किसक्यो ।

त्यस्तैगरी हाम्रो घरको चुलोमा पाक्ने सबै खानेकुराहरु विदेशबाटै आयात हुने गर्छ । नेपालीको निर्यातभन्दा बढी आयात भएकाले व्यापार घाटा पनि आजभोलि भन्दा नै चुर्लुम्ब भइसकेको छ । बैंक, फाइनान्स तथा सहकारीहरुले महंगो ब्याज तथा सेवा शुल्क लिनका लागि घुस खाएर शेयर, घरजग्गा र गाडी धितोमा राखेर कर्जा दिए, तर आज भनी यस्तो नराम्रो सँग यी संस्थाहरु डुब्ने अवस्थामा पुगिसकेका छन् । यसरी यस्ता वित्तिय संस्थाहरु त डुबेडुबे अहिले कर्जा खाने नागरिकहरु पनि डुबेर हाँस्नु कि मर्नु अवस्थामा पुगेका छन् । आज बैंक, फाइनान्स तथा सहकारीहरु डुब्यो भनेर नागरिकहरु आफनो पैसा निकाल्न संस्थामा लाइन लागेर बसिरहेका छन् । अहिले दैनिक पाँच वटा सहकारीहरु भाग्छन् भनेर सुन्नमा आइरहेको छ । सहकारीहरु यसरी भाग्दा सहकारीमा आफनो जीवनभरको कमाइ राख्ने नागरिकको रुवाबासी भइरहेको छ ।

नागरिकहरुले अहिले यी वित्तिय संस्थाहरुमा पैसा डिपोजिट गर्न छोडिसकेका छन् अहिले नागरिकहरु आफनो पैसा निकाल्नमात्र तातेर बसिरहेका छन् । नेपालमा अहिले यस्तो आर्थिक संकट हुँदा पनि शेयरमा लगानी गर्ने दलालीहरुले शेयरको मूल्य फेरि पनि बढ्छ भनेर नागरिकलाई अहिले पनि फसाइरहेका छन् । अब नागरिकसँग पैसा छैन, बैंक तथा वित्तिय संस्थाहरुले कर्जा दिँदैनन्, अनि शेयरको मूल्य फेरि कसरी बढ्छ ? अहिले शेयर खरिदबिक्री गर्ने भनेर हिँडेका र गफ गरेर बसेका नागरिकहरु यत्तिकै भेटिन्छन् । अब घरजग्गा, गाडी र शेयरको मूल्य १० देखि १५ वर्षसम्म बढ्दैन भनेर भनेको अर्थविद् तथा विज्ञहरुले भनेको सुनिन्छ । यी वस्तुहरुको मूल्य अहिलेभन्दा पनि झन् घट्ने अवस्थामा रहेको छ । अबको एकदेखि दुई वर्षसम्मको अवधिमा धेरै बैंक तथा वित्तिय संस्थाहरु पनि डुबेर भाग्ने छन् । अहिले नै कतिपय बैंक तथा वित्तिय संस्थाहरु भागिसकेका छन् । यी संस्थाले आफ्ना कर्मचारीलाई तलब दिन नसकेर वा कार्यालयको भाडा तिर्न नसकेर धमाधम आफनो शाख बन्द गर्न सुरु गरिसकेका छन् ।

बैंक तथा फाइनान्सबाट धितो राखेर कर्जा लिएका नागरिकहरु किस्ता तिर्न नसकेर धितो छोड्दै धमाधम भाग्न सुरु गरिरहेका छन् । हिजो धितोको मूल्य बढेको अवस्थामा धितोको भ्यालसिन गरेर ५० प्रतिशतदेखि ८० प्रतिशतसम्म कर्जा प्रवाह गरे तर आज त्यहीँ धितोको भ्यालसिन गर्दा ति वस्तुहरुको मूल्य निकै घटेको छ । यता धितो लिलाम गरेर बिक्री गर्दा बैंक, फाइनान्सहरुले लगानी गरेको साँवा र ब्याज उठ्दैन । त्यस्तै अर्कोतिर लोन लिएका नागरिकले किस्ता तिर्न सकेका छैनन् भनी यता शेयर, घरजग्गा तथा गाडी पनि खरिद बिक्री हुँदैन । अहिले बैंक तथा फाइनान्सलाई भाग्नु कि बस्नु भइरहेको छ । बैंक, फाइनसहरुले धितो लिलाम गरेर धेरै सर्वसाधारण नागरिकलाई डुबाएर सुकुम्बासी बनाइदिए । तर अहिले भनी यिनीहरु आफैँ भाग्नुपर्ने दिन आइसकेको छ । बुढाबूढीहरुले भन्थे धैर्य गरेर बस्यो भनी तल्लतिर बगेको खोला पनि फर्किेन्छ । तर अहिले बैंक फाइन्सहरु कुन दिन भाग्छ र कहिले भाग्छ भन्नेको केहि ठेगान छैन ।

अहिले हरेक नागरिकहरुको मनमा बैंक तथा वित्तिय संस्थाहरु डुब्यो र यिनीहरु अब भाग्छन् भन्ने कुराको छाप बसिसकेको छ । बैंकहरुले अहिले नागरिकलाई १४ देखि १५ प्रतिशतसम्म ब्याज दिन्छु भन्दा पनि नागरिक आफनो पैसा राख्दैनन् । त्यस्तैगरी सहकारीहरुले १८ देखि २० प्रतिशत ब्याज दिन्छु भन्दा पनि नागरिक पैसा राख्न डराउँछन् । नागरिकहरु यदि हामीले ब्याजको प्रलोभनमा परी आफनो पैसा राखौँ भनी हामीले हाम्रो साँवा पनि फिर्ता पाउदैँनौँ भनेर डराउँछन् । यस्तो अवस्थामा पनि शेयरको वा घरजग्गाहरुको मूल्य बढ्छ भनेर यी वस्तुहरु किन्नु भनेको आफैँले आफूलाई डुबाउनु हो । अर्काको कुरामा आएर आफूले जीवनभर दुःखले कमाएको धन यस्तो समयमा यस्ता वस्तुहरुमा लगानी गर्नु भनेको डुब्नु हो त्यसकारण दलालीहरुको कुरामा आएर शेयर तथा घरजग्गा किन्नुबाट आफैँ सचेत रहौँ । नेपालमा अझैँ पनि आर्थिक संकट र तरलता आउँछ भन्ने कुरा अर्थविद्हरुबाट सुन्नमा आइरहेको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार १६:५८