सूचनाको शक्ति - The Power Of Information

        

विषालु च्याउ खाँदा एकै घरका पाँचजना बिरामी

बैतडीमा विषालु च्याउँ खाँदा पाँचजना बिरामी परेका छन्। मेलौली नगरपालिका-५ खलीगाडमा एकै घरका उनीहरू बिरामी परेका हुन्।

बिरामी पर्नेहरूमा स्थानीय १४ वर्षीया सुनिता जोशी, १२ वर्षीया सविता जोशी, १० वर्षीय किरन जोशी, आठ वर्षीया सोनिया जोशी र चार वर्षीया दिव्या जोशी छन्।

उनीहरूको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको निमित्त प्रमुख जनस्वास्थ्य निरीक्षक मुकेशकान्त दयालले जानकारी दिए।

च्याउ खाएर बिरामी भएपछि उनीहरूलाई तत्काल स्वास्थ्य केन्द्रमा भर्ना गरिएको हो।

मंगलबार बिहान जंगलबाट टिपेर ल्याएको च्याउ उनीहरू सबैले खाएका थिए। च्याउ खाएको केहीबेरपछि उनीहरूले बान्ता गर्न थालेपछि स्वास्थ्य केन्द्र लगिएको थियाे।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार ०७:२४