नेपाली समाजमा विवाह पूर्व बच्चा जन्माउनुलाई गैरकानुनी मानिन्छ । तर छिमेकी देश भारतको राजस्थान तथा गुजरातको एक समुदायमा कुमारी आमाहरुले विवाह पूर्व नै बच्चा जन्माउनै पर्ने चलन रहेको छ ।
यसरी सन्तान जन्माउनुलाई सामाजिक रुपमा बदनामीको उपमा दिइन्छ । तर विश्वमा एउटा यस्तो स्थान पनि छ जहाँ विवाहपूर्व सन्तान जन्माउने परम्परा छ । र यसो गर्नुलाई शुभ मानिन्छ ।
भारतको गुजरातमा बस्ने गरासिया समुदायमा बिहे अगाडी नै बच्चा जन्माउनुपर्ने चलन रहेको छ । राजस्थानको सिरोहि र पालीमा विवाहपूर्व सन्तान जन्माउने परम्परा रहेको छ । यहाँ विहेअघि सन्तान जन्माउनु वैध छ ।
साथै विहेअघि नै जन्मिएका बच्चालाई शुभ मानिन्छ । यतिमात्र होइन, बिहेअघि बच्चा जन्माउन नसके यसलाई अपशकुन मानिन्छ । राजस्थानको गरासिया जनजातिमा यो परम्परा एक् हजार बर्ष अघिदेखि चलि आएको छ ।
यो परम्परा हालैको केहि बर्षयता विश्वमा देखिएको लिव इन रिलेशनशिपको प्राचिन स्वरुप रहेको छ । जहाँ गरासियाका जनजातिका उमेर पुगेका केटाकेटीले स्वेच्छाले लिव इन रिलेशनशिपमा रहने र बच्चा जन्मिएपछि मात्र एकअर्कासँग विवाह गर्ने परम्परा छ ।
गरासिया जनजातिमा दुई दिनको विवाहको विशेष मेला लाग्दछ । यस मेलामा केटाकेटीले एक अर्कालाई मन पराउने र बिना विवाह एकसाथ रहन थाल्दछन् । बच्चा जन्मिएपछि मात्र इच्छानुसार विवाह गर्दछन् ।
यो जनजातीमा जीवनसाथी चुन्न केटाकेटी दुबै स्वतन्त्र हुन्छन् । यसपछि समुदायका वयस्क केटाकेटीहरु विवाहपूर्व नै लिभ इन टुगेदरका रुपमा बस्ने गर्छन् । जब महिला गर्भवती हुन्छिन् त्यस समयमा मात्र उनीहरुबीच विवाह गरिन्छ ।
यसरी लिभ इन टुगेदरको रुपमा बस्दा उनीहरुले सन्तान उत्पादन गर्न सकेनन् भने त्यस्तो अवस्थामा उनीहरुको बिहे नहुने चलन रहेको छ । यसपछि बच्चा जन्माउनका लागि अर्को जोडी खोज्ने चलन समेत रहेको छ ।
यसलाई दापा प्रथा पनि भन्ने गरिन्छ । जुन हजारौं वर्ष पहिलेदेखि नै चलिआएको छ । यस समुदायमा प्रचलित एक मेलामा युवायुवतीहरुको सहभागिता हुने र त्यसबाटै विवाहको चाँजोपाँजो मिलाउने चलन रहेको छ ।
मेलामा युवायुवतीहरुले आफुलाई मन परेको मान्छे छनौट गरी लिभ इन टुगेदरको रुपमा बस्ने चलन पनि रहेको छ । यसरी सँगै बस्न सुरु हुने यस समुदायमा उनीहरुबाट बच्चा जन्मियो भने बिहे हुन्छ ।
तर बच्चा भएन भने उनीहरु एक आपसमा छुट्टिने चलन छ । गरासिया जनजातिका मान्यता अनुसार, कैयौं बर्ष पहिले जनजातिका चार भाइ अन्यत्र गएर बसे । जहाँ तीन जनाले विवाह गरे र एकजना मात्र विवाह बिना लिव इनमा बसे ।
तर केवल लिव इनमा बसेकाबाट मात्र सन्तान भयो अरुबाट भएन । त्यसैले सोहि समयबाट यहाँ विवाहपूर्व सन्तान जन्माउने परम्परा रहेको विश्वास छ । यो परम्परालाई स्थानीय ‘दापा प्रथा’ भन्दछन् ।
सत्यपाटी । काठमाडौं ।