सूचनाको शक्ति - The Power Of Information

        

आजको राशिफल : कर्कटलाई अभाव, मकरलाई लाभ

२०७९ साउन १० गते, मंगलवार, २६ जुलाई २०२२ । श्रावण कृष्णपक्ष त्रयोदशी तिथि, १८ः२२ बजेदेखि चतुर्दशी । आर्द्रा नक्षत्र । चन्द्रराशि– मिथुन ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

हिम्मतले काम बनाउन सकिनेछ । मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । नयाँ काम प्रारम्भ हुनेछ भने आम्दानी बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ । विगतका कर्मको उचित प्रतिफल पाइनेछ । सहयोगीहरू जुट्नेछन् भने पहिले दुश्मनी गर्नेहरू पनि मित्र बन्नेछन् ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

मिहिनेत परे पनि सोचेको नतिजा हातलागी नहुन सक्छ । परिबन्धले काममा बाधा पुर्याउन सक्छ । आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन् । अध्ययनतर्फ धेरै समय जुट्न नसकिएला । समयमा वचन पुर्याउन नसक्ता आलोचित भइनेछ । द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ । वादविवादले पनि आँटेका काममा बाधा पुर्याउनेछ । आयस्रोत कमजोर रहने समय छ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

पहिलेको सफलताले महत्त्वाकांक्षा बढाउनेछ । विभिन्न अवसर पनि आउनेछन् । तर हठात् निर्णय गर्दा समस्या देखिन सक्छ । खानपान र भेटघाटको अलमलले चिताएका काममा बाधा पुग्न सक्छ । तापनि प्रयत्न गर्दा दिगो काममा जग बसाउने अवसर जुट्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । मिहिनेत गर्दा नाम, दाम र इनाम हातपार्ने सौभाग्य प्राप्त हुनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ । बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला । बेलैमा समय दिन नसक्दा काम बिग्रन सक्छ । लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् । शुभचिन्तकहरू समेत टाढा हुनेछन् । धेरै लगानीपछि थोरै प्रतिफल प्राप्त हुनेछ । काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

कर्मयोगबाट विशेष फाइदा हुनेछ । व्यापार बढ्नेछ भने साझेदारीबाट लाभ मिल्नेछ । प्रशंसकहरू बढ्नेछन् र शुभचिन्तकहरूको साथ पाइनेछ । नयाँ अवसर प्राप्त हुनुका साथै आम्दानीका थप स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्यांकन हुनेछ । प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ । नयाँ कामतर्फ अग्रसर भइनेछ । आम्दानीको केही अंश अरूका लागि खर्चनुपर्ने देखिन्छ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

पुरुषार्थी काम प्रारम्भ हुनेछ । प्रयत्न गर्दा विशेष स्थान प्राप्त हुन सक्छ । विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ । मेहनतले नाम, दाम र इनाम दिलाउनेछ । कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ । नोकरी तथा व्यापार–व्यवसायमा लाग्नेहरूलाई फाइदा होला । रुचिका विषयमा लगानी बढाउने अवसर प्राप्त हुनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ । सामान्य कामलाई पनि निकै मिहिनेत पर्नेछ । अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । पछिका लागि सम्भावना देखिए पनि तत्काल फाइदा उठाउन नसकिएला । आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउनेछन् । धेरै समय अरूका लागि जुट्नुपर्नेछ । लक्ष्यमा पुग्न निकै संघर्ष गर्नुपर्ला । श्रम परे पनि उपलब्धि कम मात्र प्राप्त हुने देखिन्छ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

समयमै गम्भीर नबन्दा नचिताएको समस्या देखिन सक्छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् । हुलमुलमा धनमाल गुम्न सक्छ । खर्च बढ्नुका साथै अर्थ अभाव महसुस हुनेछ । अवसरको खोजीमा दौडधुप गर्नुपर्ला । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् । फाइदाका पछि लाग्दा आत्मीय सम्बन्ध बिग्रन सक्छ । स्वास्थ्य उपचारमा पनि खर्च हुने समय छ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । आफन्तसँग रमाइलो भेटघाट हुनेछ । तर केही अप्ठ्यारा परिस्थिति पनि आउन सक्छन् । लेनदेनमा विवाद बढ्नेछ भने काम बिग्रने भयले सताउन सक्छ । परिस्थितिवश केही चुनौतीहरूसँग सम्झौता गर्नुपर्ला । ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

हिम्मतले काम लिँदा मनग्य लाभ हुनेछ । मेहनतले प्रतिस्पर्धाको दौडमा सफलता दिलाउनेछ । भौतिक साधन जुट्नेछन् । बलजफ्ती गरेरै भए पनि चिताएको काम बनाउन सकिनेछ । शत्रु परास्त हुनेछन् भने रोगबाट पनि छुटकारा मिल्नेछ । आवेशमा संयमित हुनुहोला, मुद्दा–मामिलामा विजयी भइनेछ । व्यवसायमा मनग्य फाइदा हुनेछ । शत्रु तथा प्रतिस्पर्धीसँग सम्झौता हुन सक्छ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ । अप्रिय समाचारले खिन्नता बढ्न सक्छ । अध्ययनमा पछि परिनेछ भने व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ । नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला । बलजफ्तीले केही चुनौती पनि निम्त्याउन सक्छ । आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन् । पहिलेका कमजोरी र अप्ठ्यारा परिस्थिति सुल्झाउन केही समय जुट्नुपर्ला ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

बेसुरमा बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ । महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुपर्ला । बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ । घरेलु काममा अलमल बढ्न सक्छ । समयमा वचन पुर्याउन नसक्ता आलोचित भइनेछ । आर्थिक क्रियाकलापमा कमै फाइदा हुनेछ । प्रयत्न गर्दा पछिका लागि काम बन्न सक्छ । साइनो गाँस्नेहरूबाट व्यवहारमा सतर्क रहनुहोला ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलवार ०७:२२