सूचनाको शक्ति - The Power Of Information

        

सुनको मूल्य तोलामा पाँच सय रुपैयाँ बढ्यो, चाँदीको कति ?

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार छापावाल सुन साताको पहिलो कारोबार दिन आइतबार प्रतितोला ९४ हजार ५ सय रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला ११ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला ११ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतवार १७:३०