प्रतिनिधिसभा बैठक गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको छ। गणपूरक संख्या नपुगेपछि १५ मिनेटका लागि बैठक स्थगित गरिएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए।
कारागार विधेयकमाथिको छलफलपछि निर्णयार्थ प्रस्तुत गरिनुअघि सांसद प्रेम सुवालले गणपूरक संख्या एकीन गर्न माग गरेका थिए। यसपछि तीन मिनेट घण्टी बजाएर गणपूरक संख्या यकिन गर्दा अपुग देखिएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको हो।
कुनै पनि प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनुअघि एक चौथाइ सदस्य ६९ जना हुनुपर्नेमा बैठकमा ६७ जना उपस्थित रहेपछि बैठक स्थगित गरिएको हो।
सत्यपाटी । काठमाडौँ ।