सूचनाको शक्ति - The Power Of Information

        

थप ३४७ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा थप ३ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको २ हजार ३ सय ६० पिसिआर परीक्षणका क्रममा ३ सय ३ जना र १ हजार ५ सय २८ एन्टीजेन परीक्षणका क्रममा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ  । नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ९ सय ५६ जनाले ज्यान गुमाएका छन् । त्यस्तै थप ९५ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६८ हजार ४ सय ८९ जना संक्रमणमुक्त भएका छन् ।

हाल नेपालमा ३ हजार १ सय ७७ सक्रिय संक्रमित आइशालेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतवार १७:११