श्रीलङ्काको प्रधानमन्त्रीमा दिनेश गुणवर्दने नियुक्त भएका छन् ।
७३ वर्षीय वरिष्ठ सांसद गुणवर्दनेलाई राष्ट्रपति रनिल विक्रमासिङ्घेले शपथ ग्रहण गराएका छन् । उनी श्रीलङ्काको १५ औँ प्रधानमन्त्री बने गुणवर्दने यसअघि गृह र शिक्षामन्त्री भइसकेका छन् ।
गत अप्रिलमा मन्त्रिपरिषद्का सदस्यले राजीनामा दिएपछि तत्कालीन राष्ट्रपति गोटाबय राजपाक्षेल गुणवर्दनेलाई गृहमन्त्रीको जिम्मेवारी दिएका थिए । उनी पूर्व राष्ट्रपति राजपाक्षेका बफादार पात्रका रुपमा पनि चिनिन्छन् ।
सत्यपाटी । काठमाडौं ।