सूचनाको शक्ति - The Power Of Information

        

माध्यमिक तहको शिक्षक लाइसेन्समा २३ हजार उत्तीर्ण

 शिक्षक सेवा आयोगको माध्यमिक तह, अध्यापन अनुमति पत्रको नतिजा सार्वजनिक भएको छ। आयोगले प्रदेशस्तरको नतिजा सार्वजनिक गर्दै देशभरबाट २३ हजार ७२ जना पास भएको जनाएको छ।

कुन प्रदेशबाट कति जना पास ?
प्रदेश नम्बर १ बाट ३ हजार ८८२ उत्तीर्ण – ४३ जनाको परीक्षा रद्द

मधेश प्रदेशबाट १ हजार ७२० जना उत्तीर्ण – ९६ जनाको परीक्षा रद्द

बागमती प्रदेशबाट ७ हजार १४५ जना उत्तीर्ण – १०८ जनाको परीक्षा रद्द

गण्डकी प्रदेशबाट २ हजार ६४५ जना उत्तीर्ण – ३६ जनाको परीक्षा रद्द

लुम्बिनी प्रदेशबाट ३ हजार ९७३ जना उत्तीर्ण – ६५ जनाको परीक्षा रद्द

कर्णाली प्रदेशबाट एक हजार ६४६ जना उत्तीर्ण – ३९ जनाको परीक्षा रद्द

सुदूरपश्चिम प्रदेशबाट २ हजार ६१ जना उत्तीर्ण – ५२ जनाको परीक्षा रद्द

आयोगले असार १८ गते देशभरबाट माध्यमिक तह शिक्षण अध्यापन अनुमति पत्रको परीक्षा लिएको थियो।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार ०७:१९