सूचनाको शक्ति - The Power Of Information

        

पाकिस्तानले दोब्बर बनायो नेपाललाई दिने छात्रवृति कोटा

काठमाडौं । पाकिस्तान सरकारले नेपाललाई दिँदै आएको छात्रवृति कोटा यस बर्षदेखि दोब्बर गरेको छ । पाकिस्तानका प्रधानमन्त्री शाही खकान अब्बासीले नेपाल भ्रमणको क्रममा घोषणा गरे अनुसार कोटा बढाइएको काठमाडौंस्थित पाकिस्तानी दुतावासले जनाएको छ ।
दुतावासले काठमाडौंमा कार्यक्रम गरी काठमाडौं, भक्तपुर र ललितपुरसहित ४० जिल्लाका सामुदायिक एवं केहि नीजि विद्यालयका २५० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो । पाँच बर्षयता दुतावासले बर्षेनि प्राथमिक र माध्यमिक तहमा अध्ययनरत जेहेन्दार एवं प्रतिभाशाली द्यिार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ ।
छैटौं बर्षको कार्यक्रममा अघिल्ला बर्षभन्दा दोब्बर पारिएको हो । पाकिस्तानले नेपालको शिक्षा क्षेत्रका साथै शिक्षा, स्वास्थ्य र सञ्चार क्षेत्रमा पनि सहयोग गर्दै आएको हो । सहयोग आदानप्रदानले दुई देशबीचको सम्बन्धलाई थप मजबुद बनाउँदै आएको छ । दुतावासले स्वास्थ्य क्षेत्रमा एम्बुलेन्स प्रदान गर्दै आएको छ । आगामी दिनमा दुतावासले थप सहयोग गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७४, बिहीबार ०७:२२