सूचनाको शक्ति - The Power Of Information

        

अनौठो संयोग

बुबाछोरा एकैदिन डीएसपीमा बढुवा

खबर थाहा पाउनेहरूलाई त यो संयोगले ‘कस्तो संयोग अरे वा !’ भन्ने बनाएकै छ, डिएसपी बनेका बाबुछोरा पनि यो संयोगबाट ‘सरप्राइज’मै छन् ।

जिल्ला प्रहरी कार्यालय पर्वतमा सूचना अधिकारीका रूपमा रहेका प्रहरी निरीक्षक राजेन्द्र अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवा भएपछि सोमबार सामाजिक सञ्जालमा बधाईको ओइरो चल्यो ।

त्योभन्दा बढी चर्चा त्यतिबेला भयो सामाजिक सञ्जाल फेसबुकमा अधिकारीलाई ‘ट्याग’ गर्दै बाबु राजेन्द्र र लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा कार्यरत छोरा ध्रुव एकैदिन डीएसपीमा बढुवा भएको अनौठो संयोगसहितको बधाई आयो ।

हुन पनि नेपाल प्रहरीमा बाबु र छोरा एउटै पदमा एकै दिनमा बढुवा भएको सायदै थियो होला । खबर थाहा पाउनेहरूलाई त यो संयोगले ‘कस्तो संयोग अरे वा !’ भन्ने बनाएकै छ, डिएसपी बनेका बाबुछोरा पनि यो संयोगबाट ‘सरप्राइज’मै छन् ।

‘यो अनौठो संयोगले हामी बाबुछोरालाई नै खुसी बनाएको छ । यस्तो खालको संयोग मिल्न पुग्यो सामाजिक स खबर थाहा पाउनेहरूलाई त यो संयोगले ‘कस्तो संयोग अरे वा !’ भन्ने बनाएकै छ, डिएसपी बनेका बाबुछोरा पनि यो संयोगबाट ‘सरप्राइज’मै छन् । ञ्जाल र समाचारमा पनि यही कुराहरू उल्लेख छन्,’ डीएसपीमा बढुवा भएका ध्रुवले भने, ‘नेपाल प्रहरीमा सेवा गरिरहेका हामीलाई फेरि नयाँ ऊर्जा दिएको छ । यो कस्तो संयोग मिलेको यसलाई कसरी के भनौँ खै ?’

कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ स्थायी घर भएको अधिकारी परिवार विगतबाट नै सुरक्षाकर्मीमा आकर्षित थियो, किनकि राजेन्द्रका बुबा नरपति अधिकारी पनि भारतीय सेनामा कार्यरत थिए । आफू सेनामा कार्यरत रहेको बेलामा राजेन्द्रलाई सेनामा नै भर्ती हुनका लागि प्रोत्साहन दिइरहे ।

राजेन्द्रलाई भारतीय सेनामा भर्ती हुनु, कुनै राम्रो देशमा पुगेर आर्थिक अवस्था बलियो बनाउनुमा भन्दा कि त नेपाल प्रहरीमा सेवा गर्ने कि त लोकसेवामा छिर्ने इच्छा जाग्यो । २०५१ सालमा उनी प्रहरीको असई पदबाट आफूले रोजेको सेवा गर्न नेपाल प्रहरीमा छिर्ने मौका पाए । २०५७ सालमा सईमा बढुवा भएका उनी २०६७ सालमा इन्स्पेक्टर बने ।

अध्ययन गर्ने बेलामा घोत्लिएर विषयवस्तु छिचोल्ने बानीको विकास गरेका राजेन्द्रका छोरा ध्रुव विद्यालय तहदेखि क्याम्पस तहसम्मको अध्ययनमा कहिल्यै पनि कमजोर रहेनन् । इन्जिनियरिङको अध्ययन सँगसँगै लोक सेवा आयोगका परीक्षाको पनि तयारी गरिरहेका उनले लोक सेवामा भिडे पनि ।

बाबु प्रहरी पेसामै रहेका कारण ध्रुवको मनमा प्रहरी सेवाप्रतिको विचार सलबलायो, प्रयास गरी हेर्न मन लाग्यो । २०७५ सालमा प्राविधिकतर्फको प्रहरी निरीक्षक पदमा भिडेका उनी सफल पनि भइहाले । ध्रुव प्रहरी सेवामा प्रवेश गरेको चार वर्षमा त बाबु राजेन्द्र सेवामा प्रवेश गरेको २८ वर्षपछि प्रहरी नायव निरीक्षकमा बढुवा भए ।

उनीहरूको यो संयोग मिल्नुको कारण भने प्रहरी सेवाभित्र रहेका फरक फरक क्षेत्रका कारण हो । प्राविधिक समूहमा दरबन्दी र जनशक्ति जनपद प्रहरीको तुलनामा कम हुन्छ । जसका कारण दक्षता हासिल गरेका व्यक्तिलाई प्राविधिक सेवामा प्रवेश गर्न र उपल्लो पदमा बढुवा हुनको लागि सम्भाव्यता बढी हुन्छ ।

‘इन्जिनियरिङ’ क्षेत्रबाट प्रहरीमा प्रवेश गरेका ध्रुवले यही कारण चार वर्षमै उपल्लो तहमा बढुवा हुने मौका पाए । बाबु छोरा एकैदिन एउटै पदमा पुग्नुले आफू ‘सरप्राइज’ रहेको डीएसपीमा बढुवा भएका राजेन्द्र बताउँछन् । उनी भन्छन्, ‘यो संयोग सामान्यतः मिल्दैन, तर हामी बाबुछोराको केसमा मिल्यो । यो हाम्रा लागि अनौठो संयोग हो । म पनि सरप्राइज्ड भएको छु ।’

उनले थपे, ‘जेनेटीकल्ली पनि जाने रहेछ जस्तो लाग्यो, जे हुन लेखेको छ त्यो हुन्छ नै जस्तो लाग्यो । ध्रुवको सम्भावना लोक सेवातर्फको ईञ्जिनियरिङमा थियो, तयारी पनि त्यतै भइरहेको बेलामा प्रहरीमा सफलता मिल्यो । मेरो बुबा पनि भारतीय सेना रहनुभयो, म प्रहरीमा आएँ र कान्छा छोरा ध्रुव पनि प्रहरीमा । यो जेनेटीकल्ली आएको जस्तो पनि लाग्यो ।’

माछापुच्छ्रे गाउँपालिका ग्रामीण क्षेत्र हो । आफू प्रहरी सेवामा रहेका बेला दुई छोराहरूको अध्ययनमा समस्या हुन सक्ने देखेपछि उनीहरू पोखरा झरे । जेठा छोरा सुशील र कान्छा ध्रुव दुवैलाई सानैदेखि विदेश मोह जागेन । उनीहरूले नेपालमा नै सेवा गर्ने बताउँदै आएको बाबु राजेन्द्र बताउँछन् ।

उनका अनुसार सुशील कलेजमा अध्यापनरत छन् । सुशीलकी श्रीमती छात्रवृत्तिमा कोरियामा अध्ययन गरेर फर्किएकी ‘गोल्ड मेडलिस्ट’ ‘फर्मासिस्ट’ हुन् । उनी पनि कलेजमै अध्यापनरत छिन् । गत वैशाखमा विवाह गरेका ध्रुवकी श्रीमती स्नातक तह अध्ययनको अन्तिममा आइपुग्न लागेकी छिन् ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलवार १३:५९