सूचनाको शक्ति - The Power Of Information

        

रक्षामन्त्रीले दिए द्रुतमार्गको मुआव्जा वितरण पुनरावलोकन गर्ने आश्वासन

काठमाडौं । रक्षामन्त्रीले ईश्वर पोखरेलले काठमाडौं–तराई–मधेश द्रुतमार्ग आयोजनाको लागि अधिग्रहण गरिने मुआब्जा वितरणमा पुनरावलोकन हुने आश्वासन दिएका छन् । बुधबार खोकना क्षेत्रमा गरिएको जग्गा अधिग्रहण तथा मुआब्जा सम्बन्धी छलफलमा मन्त्री पोखरेलले यस्तो आश्वासन दिएका हुन् ।
खोकना क्षेत्रका स्थानीयले तीन चैत २०७२ को सूचना अनुसार गरिएको मुल्यांकन अपुग तथा समय सापेक्ष नभएको भनि मुआब्जा नबुझी विरोधका गर्दै आएकोमा बुधबार रक्षामन्त्री पोखरेलले यस्तो बताएका हुन् । रक्षामन्त्री पोखरेल मुआब्जाको विषयलाई पुनरावोलकन गर्न, सांस्कृतिक सम्पदाहरुलाई बचाउन र स्थानीय जनतालाई विस्थापित हुन नदिने गरी पुनरावोलकन गरिने बताएका हुन् ।
आयोजना अधिकार सम्पन्न निर्देशक समितिका अध्यक्ष बलाधिकृत रथी पूर्णचन्द्र थापाले चक्रपथ, स्मार्ट सिटी, बाग्मती कोरिडोर, १३३ केभीए प्रशारणलाइन उक्त स्थानमा पर्ने भएकोले खोकनाको अस्तित्व नै खतरामा पर्ने जानकारी गराए । माओवादी केन्द्रकी नेतृ तथा सांसद पम्फा भुषालले आयोजना बन्न सहयोग गर्नुपर्ने तर समय सापेक्ष अनुसार मुआब्जा उपलब्ध गराउन उर्पयुक्त हुने बताइन् ।

प्रकाशित मिति : २९ चैत्र २०७४, बिहीबार ०७:१४