सूचनाको शक्ति - The Power Of Information

        

देशभर ६० प्रतिशत रोपाइँ सकियाे

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले देशभर ६० प्रतिशत धान रोपाइँ सम्पन्न भएको जनाएको छ ।

गएकाे वर्ष असारमा ७६ प्रतिशत रोपाइँ भएकाेमा यस वर्ष ६० प्रतिशत मात्र रोपाइँ भएको मन्त्रालयका सहसचिव एवम् प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिनुभयो ।

रोपाइँको तथ्याङ्क प्रदेशसँगको समन्वयमा तयार गरिएको हो । गएकाे वर्षको तुलनामा झन्डै आठ प्रतिशतको हाराहारीमा कम रोपाइँ भएको देखिएको छ ।

विशेषगरी प्रदेश नं १, मधेस प्रदेश र लुम्बिनी प्रदेशमा मनसुन सुरु हुन ढिला भएका कारण रोपाइँ कम भएको हो ।

मनसुन सुरु हुनासाथ यही साउन दोस्रो हप्तासम्म सामान्य हिसाबले ती प्रदेशमा रोपाइँ हुने मन्त्रालयले जनाएको छ । रोपाइँमा मलको अभाव भएकाले उत्पादनमा त्यसको केही असर पर्ने देखिएको छ ।

अहिलेसम्म मन्त्रालयले विगत वर्षमा जस्तै लगभग शतप्रतिशत रोपाइँ हुने अनुमान गरेको छ ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार १७:४५