सूचनाको शक्ति - The Power Of Information

        

बर्दिया अस्पतालमा विरामीलाई रगत निःशुल्क

बर्दिया जिल्ला अस्पतालमा अव बिरामीले निःशुल्क रगत पाउने भएका छन् ।

आइतबारबाट विरामीका लागि चाहिने रगत अव निःशुल्क उपलब्ध हुने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.सुभाष पाण्डेले जानकारी दिए ।

यसअघि विभिन्न परीक्षणका नाममा विरामीले रगत प्राप्तीका लागि रकम तिर्नु पर्ने अवस्था थियो ।

बर्दिया अस्पताल र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाद्वारा सञ्चालित रक्त सङ्कलन तथा भण्डारण केन्द्रबीच सम्झौँता भएपछि विरामीले निःशुल्क रगत पाउने भएका हुन् ।

रेडक्रसले विरामीलाई आवश्यकता अनुसार रगत उपलव्ध गराउने र त्यसको लागि आवश्यक सम्पूर्ण सोधभर्ना अस्पतालले महिनाको अन्तममा गरिदिने सहमति अस्पताल र रेडक्रसबीच भएको छ । रगत लिनका लागि चिकित्सक वा स्वास्थ्यकर्मीको सिफारिस पत्र हुनुपर्ने छ ।

सम्झौता पत्रमा अस्पतालका तर्फबाट अध्यक्ष नारायण गौतम र रेडक्रसको तर्फबाट जिल्ला शाखाका सभापति कृष्णप्रसाद गौतमले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार १७:३९