सूचनाको शक्ति - The Power Of Information

        

एकदिवसीय श्रृंखला भारतले जित्यो

भारतले घरेलु टोली इंग्ल्यान्डविरुद्धको तीन खेलको एकदिवसीय श्रृंखला २-१ ले जितेको छ ।

आइतबार राति भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा भारत ५ विकेटले विजयी भयो । इंग्ल्यान्डले दिएको २६० रनको लक्ष्य भारतले ४२ ओभर १ बलमा मात्र ५ विकेट गुमाएर पूरा गर्‍यो ।

भारतको जितमा ऋषव पन्तले सर्वाधिक १२५ रन बनाए । इंग्ल्यान्डका रीच टोप्लेले ३ विकेट लिए । यसअघि म्यानचेस्टरमा पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ४५ ओभर ५ बलमासबै विकेट गुमाउदै २५९ रन बनायो ।

इंग्ल्यान्डकाजोस बट्लरले सर्वाधिक ६० रन बनाए । भारतका हार्दिक पाण्डयले ४ विकेट लिए ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार ०८:३६