सूचनाको शक्ति - The Power Of Information

        

भारतमा आज राष्ट्रपतिको निर्वाचन

भारतमा आज राष्ट्रपति चयनका लागि निर्वाचन हुँदैछ । भारतका वर्तमान राष्ट्रपति रामनाथ कोभिन्दको कार्यकाल यही जुलाई २४ मा सकिने भएकाले नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुन लागेको हो ।

निर्वाचनका लागि भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले आदिवासी नेता द्रौपदी मुर्मुलाई राष्ट्रपति पदको उम्मेदवार बनाएको छ । मुर्मु झारखण्डको पूर्वराज्यपालसमेत हुन् । चुनाव जितेमा उनी भारतको पहिलो आदिवासी महिला राष्ट्रपति बन्ने छिन् ।

आदिवासी नेता मुर्मुको प्रतिस्पर्धा विपक्षीको तर्फबाट उम्मेदवार बनेका यशवंत सिन्हासँग हुने छ । यस्तै उपराष्ट्रपतिका लागि विपक्षी कांग्रेसले मार्गरेट अल्वालाई उपराष्ट्रपति पदको उम्मेदवार बनाएको छ भने सत्तारुढ भाजपाले जगदीप धनखडलाई उम्मेदवार बनाएको छ ।

राष्ट्रपति चयनका लागि एक सांसदको मतभार ७०० हुने संवैधानिक व्यवस्था रहेको छ । मतदाता अन्तर्गत पर्ने व्यक्ति निलम्बित भएको वा कारागारमा छ भने उनीहरूलाई प्रक्रिया पुरा गरेर मतदान गर्न पाइने व्यवस्था छ ।

राष्ट्रपति निर्वाचनका लागि चार हजार ८०९ ‘इलेक्ट्रोरल’ मत रहेको र उनीहरूलाई कुनै राजनीतिक दलले ‘ह्विप’ जारी गर्न नसक्ने पनि त्यहाँको निर्वाचन आयोगले जनाएको छ ।

चुनावमा के के हुन्छ

  • २९ जुलाईमा नामांकन, १८ जुलाईमा मतदान र २१ जुलाईमा नतिजा ।
  • राष्ट्रपति चुनावमा कुल मतभार १०,८०,१३१ यसमा ५,४०,०६५ भन्दा धेरै ल्याउने विजयी हुने ।
  • ७३७ सांसद (लोकसभा, ५४०, २२७ राज्यसभा), चार हजार ३३ विधायकले राष्ट्रपतिलाई भोट हाल्न पाउने । हर सांसदको मतभार ७०० अर्थात् ३,१३,६०० ।
  • विधायकको भोट भने राज्यको जनसंख्या र विधायकको संख्या अनुसार तय हुने, युपीमा एक विधायकको मतभार २०८ र सिक्किममा ७ मात्रै ।
  • जम्मा ४०३३ विधायकको मतभार ५ लाख ४३ हजार २३१ । कुल मतभार १० लाख ८० हजार १३१ हुन् आउँछ, त्यसको ५० प्रतिशत अर्थात् ५ लाख ४० हजार ६५ ल्याउने उम्मेदवार विजयी हुने ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार ०८:१३