सूचनाको शक्ति - The Power Of Information

        

कर्णाली रारा पर्यटन वर्ष उद्घाटनका लागि ३९ लाख बजेट विनियोजन


सुर्खेत । कर्णाली प्रदेश सरकारले रारा कर्णाली पर्यटन वर्ष २०७५ को उद्घाटन कार्यक्रमका लागि रु ३९ लाख बजेट विनियोजन गरेको छ ।
सुर्खेतको वीरेन्द्रनगरमा बसेको कर्णाली प्रदेश सरकारको चौँथो मन्त्रिपरिषद् बैठकले रारा कर्णाली पर्यटन वर्ष २०७५ को उद्घाटन कार्यक्रमका लागि सो रकम विनियोजन गरेको हो ।
त्यसैगरी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष उपस्थितिमा मुगुको रारा तालमा बस्ने कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकका कार्यसूची तय गरेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री एवं सरकारका प्रवक्ता विमला केसीले जानकारी दिइन् ।
त्यस्तै बैठकले रारा कर्णाली पर्यटन वर्ष २०७५ उद्घाटन कार्यक्रमको व्यवस्थापकीय तथा प्राविधिक तयारीसम्बन्धी आवश्यक निर्णय गरेको प्रवक्ता केसीले जानकारी दिए । प्रधानमन्त्री कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यतालिकामा मौसमका कारण आवश्यक परिमार्जनका लागि अनुरोध गर्ने निर्णय गरिएकोे प्रवक्ता केसीले जानकारी दिइन् ।

प्रकाशित मिति : २९ चैत्र २०७४, बिहीबार ०६:३०