सूचनाको शक्ति - The Power Of Information

        

आजको राशिफल : तुलालाई बाधा, कुम्भलाई चुनौती

२०७९ साउन १ गते, आइतवार, १७ जुलाई २०२२ । श्रावण कृष्णपक्ष चतुर्थी तिथि, १५ः४० बजेदेखि पञ्चमी । शतभिषा नक्षत्र । चन्द्रराशि– कुम्भ ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

मिहिनेतले आम्दानी बढाउनेछ । आयस्रोत बढ्नेछन् भने उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि, पशुपालन तथा व्यापारमा मनग्य लाभ हुनेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । अध्ययनमा राम्रै प्रगति हुनेछ । नयाँ ज्ञान सिक्ने समय छ । सञ्चित धनको उपयोगबाट विशेष फाइदा हुनेछ । श्रमको उचित मूल्यांकन होला । दिन उत्साहवर्द्धक रहनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

कर्मका प्रेरक बढ्नाले कर्मसाधना सिद्ध हुनेछ । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । व्यापारमा प्रशस्त फाइदा हुनेछ । दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

सानातिना काममा अल्झनुपर्दा मुख्य काम रोकिन सक्छ । समस्या दोहोरिनाले उत्साहमा कमी आउनेछ । फाइदा उठाउन चुनौतीहरूसँग जुध्नुपर्नेछ । परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ने परिस्थिति रहला । आफ्नो वस्तुमा अरूले दाबी गर्न सक्छन् । केही विवादास्पद जिम्मेवारी समेत वहन गर्नुपर्नेछ । गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । लेनदेनमा विवाद बढ्नेछ भने काम बिग्रने भयले सताउनेछ । परिस्थितिवश चुनौतीहरूसँग सम्झौता गर्नुपर्ला । ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ । सानातिना समस्याले पनि स्वास्थ्यमा कमजोरी अनुभूति हुन सक्छ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

परिवारजनको साथले उत्साहित भइनेछ । प्रेम वा मित्रताको बन्धन कसिने समय छ । भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम प्रारम्भ गर्न सकिनेछ । आयआर्जन राम्रै हुनेछ । कामबाट फुर्सदिलो भइनेछ भने अतिथिका रूपमा सत्कार समेत पाइने सम्भावना छ । व्यापार–व्यवसायमा लाभ हुनेछ । व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

लगनशीलताले अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ । रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ । शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन् । बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

अस्वस्थताले काममा बाधा पुग्न सक्छ । साथ दिनेहरू नहुँदा आफैं काममा जुट्नुपर्ला । कमजोर विकल्प अँगाल्नाले ताकेको मौका गुम्न सक्छ । व्यापार तथा आर्थिक गतिविधिमा मन्दी आउनेछ । अप्ठ्यारा परिस्थिति सुल्झाउन केही समय लाग्न सक्छ । चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । गुरुजनको मार्गदर्शन र मिहिनेतले मात्र अध्ययन राम्रो हुनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

आफन्त वा परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ । आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन् । हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुनेछ । कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ । तत्काल फाइदा नहुने काममा समय बित्नेछ । दोहोर्याएर प्रयत्न गर्दा काम सम्पादन भए पनि परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

अग्रजहरूको सहयोग जुट्नुका साथै पराक्रमी काम सम्पादन हुनेछ । सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन् । रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ । उद्योग र व्यापारमा मनग्य फाइदा हुनेछ । मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ । लगनशीलताले विभिन्न अवसर दिलाउनेछ भने निरन्तर लागिपर्दा अप्ठ्यारो कामसमेत बन्न सक्छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

हडबडीले काम बिग्रनेछ भने सानो गल्तीले मौका गुम्न सक्छ । बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ । अध्ययनमा त्यति समय दिन नसकिएला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । विचार सम्प्रेषण गर्न केही समय पर्खनु बुद्धिमानी हुनेछ । केही खर्च लागे पनि सोख पूरा गर्न सकिनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

समयमा सजग नहुँदा महत्त्वाकांक्षी योजना बिग्रन सक्छ । केही चुनौती देखा पर्नेछन् । आफ्नो क्षेत्रमा अरूले अधिकार जमाउन सक्छन् । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । भेटघाटमा अलमलिनाले चिताएका काम रोकिन सक्छ । तापनि आज मिहिनेत गर्दा पछि फाइदा उठाउन सकिनेछ । विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

आँटेको काममा अवरोध आउनुका साथै खर्चसमेत बढ्न सक्छ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । आफ्नै कमजोरीले विवादमा परिएला । प्रतिस्पर्धामा पनि केही कमजोर साबित भइएला । आफन्तबाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ । काममा स्थानान्तरण हुने समय छ । यात्राका लागि खर्च हुनेछ । वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ उठाउन सकिनेछ ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतवार ०७:३१