सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

उपसभामुखको निर्वाचन : गठबन्धनको जित्न सुनिश्चित

यस्तो छ दलहरूको समीकरण

उपसभामुख चयनका लागि शुक्रबार प्रतिनिधिसभामा निर्वाचन हुँदैछ । यसका लागि सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी पुष्पा भुसाल र प्रमुख प्रतिपक्षी नेकपा एमालेकी विद्या भट्टराईले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तो छ समीकरण

२७५ सदस्यीय प्रतिनिधिसभामा चार सांसद रिक्त छन् । २७१ मध्ये पनि चारजना निलम्बनमा रहेका कारण २६६ जनाले मात्र मतदान गर्न पाउँछन् । संसदमा हाल कायम रहेका सदस्य संख्याका आधारमा गठबन्धनबाट उम्मेदवार बनेकी भुसाललाई जित सहज हुने देखिएको छ ।

सत्तारुढ गठबन्धनसँग कांग्रेसका ६१, माओवादीका ४९, एकीकृत समाजवादीका २३ सांसद छन् । बाबुराम पक्ष र केही तटस्थ बाहेक जसपाको मत पनि भुसालतर्फ छ । प्रतिनिधिसभामा जसपाका २० सांसद छन् । गठबन्धनकै सानो दल राष्ट्रिय जनमोर्चासँग एक सांसद छन् ।

१३ सांसद रहेको लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले पनि गठबन्धनकै उम्मेदवारको पक्षमा मतदान गर्ने सम्भावना छ । यता प्रमुख प्रतिपक्षी एमालेसँग आफ्ना ९६ सांसद छन् । नेपाल मजदुर किसान पार्टी र राप्रपाका एक–एक सांसद रहेकाले भट्टराईको पक्षमा ९८ मत खस्ने देखिएको छ । कांग्रेस, माओवादी र नेकपा एसको मतले नै सत्ता गठबन्धनको जित्न सुनिश्चित पुग्ने देखिन्छ ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार १०:०४