अमेरिकी डलरसँग नेपाली मुद्रा इतिहासकै कमजोर भएको छ । पछिल्लो समय विश्वभर डलरको भाउ बढ्दै जाँदा नेपाली रुपैयाँ कमजोर बन्ने क्रम बढिरहेको छ ।
नेपाल राष्ट्र बैंकले आजको लागि १ अमेरिकी डलरको खरिद मूल्य १ सय २७ रुपैयाँ ५१ पैसा र बिक्री मूल्य १ सय २८ रुपैयाँ ११ पैसा तोकेको छ ।
नेपालमा डलरको भाउ यति धेरै पुगेको पहिलो पटक हो । पछिल्लो एक वर्षमा डलरसँग नेपाली मुद्रा ७ प्रतिशतले कमजोर बनेको छ ।
विश्वभर अमेरिकी डलरको माग बढ्दै जानु, युरो कमजोर हुनु, रुस–युक्रेन युद्ध लगायतका कारण डलरको भाउ बढिरहेको छ । तर नेपाली बजारमा युरो भने कमजोर बनेको छ ।
अमेरिकी डलर र युरोको भाउ बराबरी जस्तै छ । आजको लागि राष्ट्र बैंकले युरोको खरिद मूल्य १ सय २७ रुपैयाँ ७१ पैसा र बिक्रीमूल्य १ सय २८ रुपैयाँ ३१ पैसा तोकेको छ ।
युरोपमा २० वर्षपछि अमेरिकी डलर युरोभन्दा बलियो बनेको कारण विश्वका धेरै देशमा युरो कमजोर भएको हो ।
सत्यपाटी । काठमाडौँ ।