धनगढी–जहाज उडिरहेको अवस्थामा चुरोट सल्काउने कैलालीको टीकापुरका एक व्यक्ति पक्राउ परेका छन् । टीकापुर नगरपालिका ११ बस्ने २९ वर्षीय नारायण उपाध्यायलाई जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको हो ।
बुद्ध एयरको काठमाडौं–धनगढी उडानमा यात्रा गरिरहेका उपाध्यायले बुधबार दिउँसो ३ बजे जहाज उडिरहेकै समयमा शौचालयमा पसेर चुरोट सल्काएको र यात्रुलाई समेत धम्की दिएको भन्दै बुद्ध एयरको धनगढी कार्यालयले निवेदन दिएपछि उनलाई पक्राउ गरिएको हो ।
उपाध्यायलाई प्रहरी नायब निरीक्षक समुद्रकेशर पन्तको कमाण्डमा खटिएको टोलीले पक्राउ गरी घटनाका विषयमा अनुसन्धान गरिरहेको जनाएको छ । हवाई यातायात सेवा लिने क्रममा सलाइ, लाइटर लगायतका वस्तु बोक्न पाइँदैन ।
सत्यपाटी । धनगढी ।