सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जका श्रेष्ठ र पौडेललाई वरिष्ठ अधिवक्ताको उपाधि

नेपालगन्जका दुई जना अधिवक्ताले वरिष्ठ अधिवक्ताको उपाधि पाएका छन् ।

पुनरावेदन बार एशोसियशन नेपालगन्जका पुर्वअध्यक्षद्धय सुरेश पौडेल र सुनिलकुमार श्रेष्ठले वरिष्ठ अधिवक्ताको उपाधि पाएका हुन् ।

श्रेष्ठ नेपाल बारको निर्वतमान वरिष्ठ उपाध्यक्ष पनि हुन् । श्रेष्ठले नेपालगन्जमा र नेपालगन्ज निवासी पौडेलले हाल काठमाडौंमा वकालत गर्दै आएका छन् ।

सर्वोच्च अदालतको पूर्ण बैठकको निर्णय अनुसार उनीहरुलाई वरिष्ठ अधिवक्ताको उपाधि दिइएको हो ।

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार १८:५५