सूचनाको शक्ति - The Power Of Information

        

बाजुराको बूढीगङ्गामा मतदान सकियो, आजै मतगणना सुरु हुने

बाजुराको बूढीगङ्गा नगरपालिकामा मतदान सकिएको छ । चुनावमा ६६ दशमलव ७५ प्रतिशत मत खसेकाे प्रारम्भिक अनुमान गरिएकाे बाजुराका जिल्ला निर्वाचन अधिकारी दिपेन्द्र थापाले जानकारी दिनुभयो ।

दिउँसो केहीबेर विवाद भए पनि पछि सामान्य तरिकाले नै मतदान सम्पन्न भएको उहाँले बताउनुभयो । आज बिहान ७ बजेदेखि मतदान सुरु भएको थियो । मतदान सकिएपछि अहिले मतपेटिका सङ्कलन गर्ने काम भइरहेको छ ।

केहीबेरमा सर्वदलीय बैठक बसेर अबको एक/दुई घण्टामा स्थानीय भानु माध्यमिक विद्यालयमा मतगणना सुरु गरिने जिल्ला निर्वाचन अधिकारी थापाले बताउनुभयाे ।

गएको वैशाख ३० मा यहाँ पालिका चुनाव भए पनि बुथ कब्जा भएको भन्दै विरोध भएपछि निर्वाचन आयोगले फेरि आज चुनाव गर्ने निर्णय गरेको थियो ।

कांग्रेसबाट बूढीगङ्गाको मेयरमा रङ्गबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँले उम्मेदवारी दिनुभएको छ ।

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार १९:००