सूचनाको शक्ति - The Power Of Information

        

डुडुवा नालामा डुबेर बाँकेमा एक बालकको मृत्यु

बाँके, कपिलवस्तु र नवलपरासी (पश्चिम) मा डुबेर तीन जनाको मृत्यु भएको छ । बाँकेको डुडुवा गाउँपालिका–१ सुढईपुर्वा बस्ने १२ वर्षीय सुजित धोबीको आफ्नै घर नजिक रहेको डुडुवा नालामा डुबेर बुधवार बेलुका मृत्यु भएको छ ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ पाणेडीस्थित गुडुरूवा खोलामा पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँ ईमिलिया बस्ने १४ वर्षीय सम्भव जिसीको बुधवार दिउँसो मृत्यु भएको छ ।

नवलपरासी (पश्चिम) को प्रतापपुर गाउँपालिका–९ माधवपुर बस्ने राजकुमार चमारको १८ महिनाको छोरा बिर्जा चमारको आफ्नै घर नजिक खाडलको पानीमा डुबेर बुधवार दिउँसो डुबेर मृत्यु भएको छ ।

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार १८:५२