सूचनाको शक्ति - The Power Of Information

        

बझाङमा ढुंगा लागेर एक बृद्ध महिलाको घटनास्थलमै मृत्यु

बझाङको जयपृथ्वी राजमार्ग अन्तर्गत पर्ने केदारस्युँ गाउँपालिका–१ स्थिति रायलमा माथीबाट आएको ढुङ्गा लागेर एक बृद्ध महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

बुधबार केदारस्युँ गाउँपालिका १ रायल चौडाला घर भएकी ७० वर्षिया पुतली देबि मल्लको रायल पाल्तीछडा सडकमा हिडिरहेको अवस्थामा माथिबाट आएको ढुङ्गा लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी ज्ञान बहादुर बिष्टले जानकारी दिए ।

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार ०७:१५