सूचनाको शक्ति - The Power Of Information

        

बुधबारको विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर १२७ नाघ्यो

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १२६ रुपैयाँ ७० पैसा र बिक्री दर १२७ रुपैयाँ ३० पैसा पुगेको छ ।

मंगलबार अमेरिकी डलर एकको खरिद दर १२६ रुपैयाँ ०३ पैसा र बिक्री दर १२६ रुपैयाँ ६३ पैसा थियो ।

यस्तै युरो एकको खरिद दर १३० रुपैयाँ ४५ पैसा र बिक्री दर १३१ रुपैयाँ ०७ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५२ रुपैयाँ ३३ पैसा र बिक्री दर १५३ रुपैयाँ ०५ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ६९ पैसा र बिक्री दर ३४ रुपैयाँ ८५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार ०८:०२