सूचनाको शक्ति - The Power Of Information

        

निर्धारित समयमै माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको काम सक्नुस् : प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्धारित समयमै निर्माणधिन माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको काम सक्न निर्देशन दिएका छन् । बुधबार ४५६ मेगावाटको आयोजनाको स्थलगत अवलोकनका क्रममा ढिलाइ हुने देखिएपछि उनले कुनै पनि हालतमा आयोजनाको काम निर्धा्रित समयमा सम्पन्न हुनुपर्नेमा जोड दिएका छन् ।
उनले आउँदो पुसमा आयोजनाको पहिलो युनिट ७६ मेगावाट र बैशाखभित्र सबै युनिट सञ्चालन गर्ने कार्यतालिकाअनुसार काम गर्न निर्देशन दिएका हुन् । तामाकोसी अयोजनामा ढिलाइ हुदा दैनिक ४ करोड रुपैयाँ नोक्सान हुने भन्दै उनले कुनै पनि हालतमा निर्धा्रित समयमा काम सम्पन्न गर्न आयोजनालाई निर्देशन दिएका छन् ।
सो अवसरमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले राष्ट्रिय गौरवको आयोजना तामाकोसी निर्धा्रित तालिकामा सक्नुपर्नेमा जोड दिएका छन् । उनले तामाकोसीबाट बिजुली उत्पादन भएपछि भारतबाट हुने १८ अर्ब रुपैयाँको बिजुली आयात बन्द हुने भएकाले आयोजना निर्धा्रित समयमा सम्पन्न गर्नुपर्नेमा उनको जोड थियो ।
सो अवसरमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजना १ महिना अगावै आउदा करोडौ रुपैयाँ ब्याज खर्च कम हुने जानकारी दिए । अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विज्ञानप्रसाद श्रेष्ठले हाइड्रोमेकानिकल ठेकेदार टेक्सम्याको इण्डिया लिमिटेडले काममा ढिलाइ गरिरहेको भन्दै यसलाई कुटनीतिक पहलबाट समधान खोज्नु पर्नेभन्दै प्रधानमन्त्रीको ध्यानकर्षण गराएका थिए ।
यस्तै लामोसाँघु–चरिकोट सडककको ठेकेदारले काम नगर्दा यातायातमा समस्या भएको उनले जानकारी दिए । हालसम्म ९५ प्रतिशत काम सम्पन्न भएको आयोजनामा हालसम्म ३७ अर्ब रुपैयाँ खर्च भएको छ । आयोजनाको लागत पनि बढेर निर्माण अवधिको ब्याजबाहेक ४९ अर्ब २९ करोड रुपैयाँ पुगेको सो अवसरमा जानकारी दिइयो । आयोजनाको ४ लटमध्ये पहिलो, तेस्रो र चौथोको काम निरन्तर रुपमा भइरहेको छ । तर, दोस्रो लटको ठेकेदारले ढिलाई गरिरहेको छ । आयोजनामा ७६ मेगावाटका ६ वटा युनिट छन्मा ढिलाइ गरेको छ । आयोजनामा ७६ मेगावाटका ६ वटा युनिट छन् ।

प्रकाशित मिति : २८ चैत्र २०७४, बुधबार ११:४६