सूचनाको शक्ति - The Power Of Information

        

लुम्बिनी प्रदेश सरकारको सहयोगमा कोहलपुरमा बृक्षारोपण गरिने

हरित सडक लुम्बिनी प्रदेशको पहिचान भन्ने मुख्य उद्देश्यसहित लुम्बिनी प्रदेश सरकारको सहयोगमा कोहलपुरमा बृक्षारोपण गरिने भएको छ ।

कोहलपुर–नेपालगञ्ज सडक खण्ड अन्तर्गत् पर्ने वडा नम्वर ८, ९ र १४ को डिभाइडरमा बृक्षारोपण गरिने भएको हो ।

उपभोक्ता समूह नै गठन गरेर यो खण्डमा करिव ३२ सय विरुवा रोपिन लागिएको वडा नम्वर ९ का वडा अध्यक्ष ओपेन्द्रनाथ योगीले जानकारी दिए ।

बृक्षारोपणको सोमवार लुम्बिनी प्रदेशका वन वातावरण तथा भू–संरक्षणमन्त्री सुरेन्द्र हमालले उदघाटन गर्ने कार्यक्रम तय भएको छ ।

सडकको बीच खण्डमा राखिएको डिभाइडरमा ८ सय बढी छत्तिउन जातको विरुवा रोपिने बताइएको छ । लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा हुने बृक्षारोपणमा स्थानीयबासी श्रमदान समेत गरेका छन् ।

हरित सडक बनाउने उद्देश्यले लुम्बिनी प्रदेश सरकारले बजेट उपलब्ध गराएको वडा अध्यक्ष योगीले बताए ।

प्रकाशित मिति : १९ असार २०७९, आइतवार १९:२८