सूचनाको शक्ति - The Power Of Information

        

रञ्जु दर्शनाले काठमाण्डौ क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने

रञ्जु दर्शनाले काठमाण्डौ क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा चुनावमा प्रतिस्पर्धा गर्ने घोषणा गर्नु भएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले काठमाण्डौ क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि प्रतिस्पर्धामा उत्रिने औपचारिक घोषणा गर्नु भएको हो ।

उहाँले लेख्नु भएको छ,  ‘तपाईहरूले विभिन्न माध्यमबाट आउने संघीय निर्वाचनमा मेरो उम्मेदवारी रहने कुरा थाहा पाइसक्नु भएको छ ।

आज आधिकारिक रूपमा आउने निर्वाचनमा काठमाण्डौ क्षेत्र न. ५ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनका लागि प्रतिस्पर्धामा उत्रने कुरा यँहाहरू समक्ष बाँड्न पाउँदा हर्षित छु।’

वि स २०७४ सालको प्रतिनिधि सभा चुनावमा काठमाण्डौ ५ बाट नेकपा एमालेका ईश्वर पोखरेल निर्वाचित हुनु भएको थियो ।

प्रकाशित मिति : १९ असार २०७९, आइतवार ०८:५९